शंखधर बहुमुखी सहकारीको १९ औं बार्षिक साधारणसभा

बागलुङ, ७ कार्तिक । शंखधर बहुमुखी सहकारी संस्था लिमिटेड बागलुङको १९ औं बर्षिक साधारणसभा आईतबार सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन पछि बोल्दै गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर बुढाले सहकारीहरुले आफ्नो उद्देश्य अनुरुप काम गर्नुपर्ने बताउनुभयो । उहाँले शंखधर बहुमुखी सहकारीले कृषि क्षेत्रमा लगानी गरेर शेयर सदस्यहरुलाई समेत कृषि क्षेत्रमा आकर्षित गरेको बताउनुभयो ।

 

उक्त कार्यक्रममा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतम, बहुद्दउद्देश्यीय सहकारी संघ बागलुङका अध्यक्ष दुर्गा कुँवर, सहकारीका संरक्षक परशुराम श्रेष्ठ, समाजसेवी देवबहादुर श्रेष्ठ र लालचन्द्र राजभण्डारी र राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सहकारीले आर्थिक वर्ष २०७७/०७८ मा ४ लाख २७ हजार ३ सय ३८ रुपैयाँ नाफा गरेको संस्थाका कोषाध्यक्ष टुप्लाप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँले गत आर्थिक वर्षमा १ करोड ३१ लाख ७४ हजार ९ सय २१ रुपैयाँ आम्दानी भएको र १ करोड २७ लाख ४७ हजार ५ सय ८२ रुपैयाँ खर्च भएको बताउनुभयो ।

सहकारीले गत अर्थिक वर्षसम्म १ करोड ९९ लाख ७४ हजार रुपैयाँ शेयर पूँजी, २६ लाख ६० हजार ८ सय १४ रुपैयाँ कोष पूँजी र ७ करोड ८६ लाख ८२ हजार २ सय ६४ रुपैयाँ निक्षेप बाँकी रहेको कोषाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

सहकारीले साधारणसभाको अवसरमा ज्येष्ठ शेयर सदस्यहरु, उत्कृष्ट वचतकर्ता, कक्षा १२ मा उत्कृष्ट हुन सफल विद्यार्थीहरु र भाषकला तर्फ सम्मान गरेको थियो ।

सहकारीका अध्यक्ष रतन प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष सुरेश प्रसाद श्रेष्ठ र संचालन सचिव युक्तजंग राजभण्डारीले गर्नुभएको थियो ।

सहकारीको सातौ अधिवेशनको निर्वाचन प्रकृया आईतबारदेखि हुने भएको छ । निर्वाचन समितिका संयोजक गोविन्द वझाले आईतबारदेखि निर्वाचन प्रकृया सुरु हुने बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here