एउटै गाउँबाट करोडको खसीबोका विक्री

बागलुङ, २७ असोज । बागलुङको काठेखोला गाउँपालिका–४ तग्रामबाट यस बर्षको दशैमा एक करोड मुल्य बराबरको स्थानीय जाातको खसी बोका विक्री भएका छन् ।

तंग्राममा सञ्चालित बसन्त सहकारी र सप्तारंगी सहकारी संस्थाले स्थानीय कृषकसँग खसी बोका संकलन गरी विक्री गरेका हुन । हिमाली क्षेत्रका भेडा च्याङ्ग्राको मुल्य आकासिय पछि उपभोक्ताको रोजाईमा स्थानीय बसीबोका परेका छन् ।

बसन्त सहकारीले २९५ र सप्तरंगीले एक २० वटा बसीबोका विक्री गरेको बसन्त सहकारी संस्थाको प्रबन्धक हेमा विकले जानकारी दिनुभयो । सहकारीमा आबद्ध कृषकबाट खसी बोका संकलन गरी विक्रीको लागि बागलुङ बजार, पोखरा, गलकोट, काठेखोलाका विभिन्न वडामा विक्री भएको थियो ।

दुई वटा सहकारीमार्फत खसी बोका विक्रीबाट गाउँमा करिव दुई करोड रुपियाँ भित्र्यिएको सप्तरंगी सहकारी संस्थाको प्रबन्धक मनु पुनले बताउनुभयो । घरमा उत्पादन भएका खसी विक्रीको लागि बजार सुनिश्चित भए पछि कृषकहरु हर्षित छन् ।

‘पहिले पहिले समय कटाउन बाख्रा पाल्ने गर्थे’ तग्राम रानीकरङकी कृषक चन्द्रकला पुनले भन्नुभयो–‘अहिले घर खर्च चल्ने गरी पाल्न थालेकी छु ।’ उहाँले यसपालि सात वटा बोका विक्री गर्नुभएको थियो । दुवै सहकारीले आफ्ना सेयर सदस्यसँग २५ किलोसम्मको जिउँदो खसी बोका ४५० र २५ किलो माथिको पाँच सय रुपियाँमा खरिद गरी प्रति गोटा खसीबोकामा पाँच रुपियाँ मुल्य बढाएर बजारमा विक्रीको लागी पठाउँछन् ।

‘पहिलो बजार खोज्दै जानु पथ्र्यो, अहिले ग्राहक घरघरमा आउन थालेका छन’ प्रबन्धक विकले भन्नुभयो–‘हिमाली क्षेत्र र तराई भागबाट आउने खसीबोका कमहुँदा स्थानीय उत्पादनले बजार पाएको छ । गाउँघरमा बन चरण गरेको खसी बोकाको मासु स्वादिष्ट र स्वाथ्यको लागि हितकार भए पछि उपभोक्ताले तराई क्षेत्रका भन्दा लेक क्षेत्रका बसीबोका खोज्न थालेका छन् ।

बसन्त सहकारीमा ६११ र सप्तरंगीमा ३३१ जना सेयर सदस्य छन् । प्रत्येक सेयर सदस्यले बाख्रा पालन गरेको प्रबन्धक पुनको भनाई छ । बाख्रा पालनको लागि सहकारीले सस्तो व्याजमा ऋण प्रवाह गर्दै आएको छ । दुवै सहकारीले तिहारको लागि पनि बसीबोका तयारी अवस्थाामा राखेक छन् । बसन्तले बार्षिक एक हजार र सप्तरंगीले सात सय विक्री गर्ने लक्ष्य लिएक छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here