नवनिर्मित काठेखोला–६ को वडा कार्यालय भवनको उद्घाटन

कोपीला कँडेल,
बागलुङ, २१ असोज । बागलुङको काठेखोला गाँउपालिका वडा नम्वर ६ बिहुँ ईनारपानी स्थित नवनिर्मित वडा कार्यालय भवनको बिहिबार उद्घाटन गरिएको छ ।

भवनको उद्घाटन गण्डकी प्रदेशका सांसद ईन्द्रलाल सापकोटाले गर्नुभएको थियो । उद्घाटनपछि बोल्दै उहाँले मुलुक संघिय संरचनामा गएपछि स्थानिय तहमा बिकासको गति तिव्र बन्दै गएको बताउनुभयो । मुलुकमा थुप्रै राजनीतिक उतारचढाव आएपनि बिकास निर्माणका काममा अवरोध सृजना हुन नहुने चर्चा गर्दै प्रदेश सांसद सापकोटाले, राजनीतिक मुल्यमान्यतामा रहेर जनताको निस्वार्थ सेवा गर्नुपर्नेमा जोड दिनुभयो ।

गण्डकी प्रदेशमा बजेटको आकार सानो र जनताको चाहना ठुला भएकाले बिकास निर्माणका कार्यमा केही समस्या आउने बताउनुभयो ।

त्यस्तै काठेखोला गाउंपालिकाका अध्यक्ष अमर बहादुर थापाले आफ्नो पालिकाले यथासक्य जनताको हितमा काम गर्दै आएको बताउनुभयो । पालिका भित्र रहेको सिमित साधनश्रोतले गर्दा कहिलेकाही जनचाहना अनुरुप काम गर्न कठिनाई हुने गरेको उहाँको भनाई छ ।

वडा कार्यालय भवन निर्माणका लागि स्थानिय हरिचन्द्र कंडेलले १३ रोपनी जग्गा निशुल्क उपलब्ध गराउनुभएको वडा अध्यक्ष युक्त प्रसाद कंडेलले जानकारी दिनुभयो । भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारको ४८ लाख वडा कार्यालयको १५ लाख र स्थानियको जनश्रमदान गरी ६९ लाख ३० हजार लागतमा निर्माण गरिएको वडा अध्यक्ष कँडेलले जानकारी दिनुभयो । उहाँले भवन निर्माण भएपछि सेवाग्राहीलाई सहज हुने बताउनुभयो । भवनको सिलन्यास २०७७ साल फागुन महिनामा काठेखोला गाउपालिकाका अध्यक्ष अमर बहादुर थापाले गर्नुभएको थियो ।

भवन उदटन कार्यक्रममा काठेखोला गाउंँलिका वडा नम्वर २ का वड अध्यक्ष बिद्यापति शर्मा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्की, नेकपा एमाले काठेखोला गाउँपालिकाका कमिटीका अध्यक्ष डिल बहादुर कार्की, नेकपा माओबादी केन्द्रका अध्यक्ष कृष्ण थापा, नेपाली कांग्रेस काठेखोला गाउँपालिकाका सभापति यामदत्त कंडेल, राष्टि«य जनमोर्चाका अध्यक्ष लक्ष्मण पुन, नेपाल रेडक्रस सोसाईटी बागलुका सभापति जब्बर बहादुर लामिछाने र जग्गादाता परिवारका खडानन्द कंडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा जग्गादाता हरिचन्द्र कँडेल, वडा कार्यालयका पुर्व सचिव कमल प्रसाद कंडेल, लिला थापा र भवन निर्माणकर्ता चिन्तामणी बिकलाई सम्मानपत्र सहित दोशल्ला ओडाएर सम्मान गरिएको वडा नम्वर ५ का सचिव शिव थापाले जानकारी दिनुभयो ।

कार्यक्रम काठेखोला गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष युक्त प्रसाद कंडेलको अध्यक्षता, वडा सदस्य लिलाधर ढुङ्गानाको स्वागत मन्तव्य र वडा सचिव शिव थापा मगरको संचालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here