नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको अध्यक्षमा राजभण्डारी चयन

बागलुङ, २९ भदौ । नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बागलुङको अध्यक्षमा मुकेशचन्द्र राजभण्डारी चयन हुनुभएको छ ।

संगठनको मंगलबार भएको दोस्रो अधिवेशनले राजभण्डारीको अध्यक्षतामा १९ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा गगन पुन, कौशिला घर्ती, सुरज विक र प्रकाश शर्मा चयन हुनुभएको छ । यस्तै महासचिवमा गोकुल कंडेल, सचिवमा प्रकाश रखाल, सहसचिवमा तुलसी नारायण भारी, कोषाध्यक्षमा मनकाजी विक र सहकोषध्यक्षमा नर बहादुर केसी चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा कमला पुन, नर कुमार गौतम, गीता खड्का, राजु खड्का, गोविन्द सुवेदी, अजय मलेपती, तिल खत्री, जंग बहादुर राना, टेक बहादुर राना र हिदायत हुसेन रहनुभएको छ ।

अधिवेशनले ललिला थापाको संयोजकत्वमा ३ सदस्य महिला उपसमिति समेत गठन गरेको छ । समितिको सदस्यमा नरमाया पुन र सम्झाना श्रेष्ठ रहनुभएको छ ।

अधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रीय अध्यक्ष श्याम बहादुर पाठकले सरकारले कर छुट, डुब्न थालेका व्यवसायीहरुलइृ पुर्नउत्थान लगायतका ल्याउनुपर्ने बताउनुभयो । उहाँले कोरोना कहरमा व्यवसायीहरु धेरै मारमा परेकोले राज्यले उद्योगी तथा व्यवसायीहरुको लागि व्याजमा सौलियत, बहाल करमा छुट लगायतका राहतका प्याकेजहरु ल्याउनुपर्ने बताउनुभयो । उहाँले व्यापार संगठनले राज्यलाई व्यवसायीहरुको मागको बारेमा जानकारी गराइरहेको बताउनुभयो ।

दोस्रो जिल्ला भेलाका अवसरमा संस्थापक अध्यक्ष लालचन्द्र राजभण्डारी र पूर्व अध्यक्ष रतन प्रसाद मलेपतीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रिय उपाध्यक्ष तथा संरक्षक खिमलाल भण्डारी, गण्डकी प्रदेश सचिव जनकराज पराजुली, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनका केन्द्रिय उपाध्यक्ष श्याम प्रशाद श्रेष्ठ, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी, नेकपा माओवादी केन्द्रका बागलुङका संयोजक अनिल गैरे, नेपाल राष्ट्रिय बाणिज्य संघका भवनराज बराल, घरेलु उद्योग महासंघ बागलुङका महासचिव गोविन्द कार्की, राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ र सम्मानीतको तर्फबाट लालचन्द्र राजभण्डारीले मन्तव्य राख्नुभएको थियो ।

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन जिल्ला कार्यसमितिका अध्यक्ष राज बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा स्वागत मन्तव्य पूर्वअध्यक्ष रतनप्रसाद मलेपती र संचालन उपाध्यक्ष मुकेशचन्द्र राजभण्डारीले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here