असोज ४ देखि नयाँ नोट साटन पाइने

काठमाडौं, २९ भदौ । नजिकिँदै गरेको दशैँलगायतका चाडपर्वमा नयाँ नोट लिन खोज्नेले असोज ४ देखि नै पाउने भएका छन् ।

चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैङ्कले सर्वसाधारणका लागि असोज ४ देखि नयाँ नोट वितरण गर्न लागेको हो । राष्ट्र बैङ्कले बालुवाटारस्थित प्रधान कार्यालयका साथै आफ्ना सबै क्षेत्रीय कार्यालयबाट सर्वसाधारणलाई नयाँ नोट सटही गर्ने व्यवस्था गर्दै छ ।

कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी राष्ट्र बैङ्कले दशैँ आउनुभन्दा झन्डै तीन साता अगाडिबाट नोट सटही गर्ने तयारी गरेको हो । कोरोना महामारीमा हुने भीडभाडलाई कम गर्न राष्ट्र बैङ्कले अघिल्ला वर्षहरूमा भन्दा अगाडि नै नोट वितरण गर्न थालेका हो । गोरखापत्रमा खबर छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here