सहिद मार्ग कालोपत्रे गर्ने सम्झौता

फाइल तस्विर

बागलुङ, २६ भदौ । द्वन्द्वकालिन समयमा सबै भन्दा बढी प्रभावित बागलुङको ताराखोला गाउँपालिका स्थानीय सरकार संचालनमा आए पछि व्यापाक पुनःनिर्माणमा जुटेको छ ।

ताराखोला गाउँपालिकाले भौतिक पूर्वाधार निर्माण र कृषी उत्पादनलाई विशेष जोडदिएर आफ्ना नीति कार्यक्रम तथा बजेट निर्माण गरेको हो । द्वन्द्वको समयमा ज्यान गुमाउनेको स्मरणमा गाउँपालिकाले मध्यपहाडी लोकमार्ग बिहुँ रिजालचोकदेखि गाउँपालिका केन्द्र अर्गल जोड्न सडक खण्डलाई ‘सहित मार्ग’ नामकरण गरिएको छ ।

बीस किलो मिटर लामो उक्त सहित मार्ग आगमी तीन बर्षभित्र कालोपत्रे गर्ने सिफारिस गरिएको छ । नेपाल सरकारले जारी गरेको प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम संचालन कार्य विधि २०७७ को दफा १२ बमोजिम सहिद मार्गलाई आयोजनाको रुपमा छनौट कालोपत्रेको लागि सिफारिस गरेको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिनुभयो ।

ताराखोला गाउँपालिकालाई पक्की सडकमार्फत राष्ट्रिय सडक संजाल तथा प्रदेश राजधानीसँग जोड्न रिजालचोक–अमरभूमी–ताराखोला गाउँपालिका केन्द्र अर्गल जाने सडक छनौट गरी सिफारिस गरिएको छ ।

स्वादिलो आलु उत्पादनको उर्भरभूमी ताराखोलालाई पक्की सडक संजाल विस्तार भए पछि त्यहाँको अर्गानीक आलु, भाँङ्गो, काठ, ढुङ्गाको निकासीमा सजिलो हुने अध्यक्ष घर्तीको भनाई छ । उक्त क्षेत्रलाई पशुपालन, घरेलु उद्योग, कषी तथा पर्यटन व्यवसाय फस्टाउने छ । म्याग्दी जिल्लासँग सडक संजाल विस्तार गर्ने योजना रहेको अध्यक्ष घर्तीले बताउनुभयो । कालोपत्रेको लागि करिव ७० लाख रुपियाँ लाग्ने अनुमात गरिएको छ ।

असोज महिना भित्र सडक आयोजनाको विस्तृत योजना प्रतिवेदन तयार गरी थप काम अघि बढ्ने छ । सडक निर्माणमा गाउँपालिका, गण्डकी प्रदेश सरकार र संघीय सरकारको आर्थिक साझेदारी हुनेछ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here