बागलुङमा १७९ विद्यालय पुनःनिर्माणको काम सकियो

बागलुङ, १६ भदौ । भुकम्पले क्षतिग्रस्त बागलुङ १७९ वटा सामुदायिक विद्यालयका भवन पुनःनिर्माणको काम सकिएको छ ।

पुनःनिर्माण भएका विद्यालय मध्य ७ वटा हस्तान्तरण हुन बाँकी छन् । अन्य विद्यालय भवन नियमित पठन पाठन संचालन गर्न सक्ने अवस्थामा रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण आयोजना कार्यान्वयन इकाई शिक्षाका बागलुङका प्रमुख मोतिलाल चपाईले जानकारी दिनुभयो ।

वि.स २०७२ साल बैशाख १२ गतेको भुकम्पले जिल्लाका दुई सय दश सामुदायिक विद्यालय पुनःनिर्माण गर्नुपर्ने गरी क्षति गरेको थियो । दश स्थानीय तहका १७९ विद्यालय भवन पुनःनिर्माणको लागी योजना स्वीकृति भएका थिए । भुकम्पले क्षति भएकोे करिव ६ बर्ष पछि विद्यालय पुनःनिर्माणको काम सकिएको कार्यालय प्रमुख चपाईले बताउनुभयो ।

कुल ५२८ विद्यालयका तीन हजार ७८० कक्षाकोठा रहेको बागलुङमा भुकम्पकाले २१० विद्यालयका दुई हजार ३५ कक्षाकोठा पूर्ण क्षतिभएका थिए । भुकम्प पश्चात खुला आकाश मुनी रहेका विद्यार्थीलाई कक्षा कोठा भित्र स्थानान्तरणको लागि प्राधिकरणले २ कोठका ६८, ३ कोठ का २९ र ४ कोठका ८२ वटा विद्यालय भवन निर्माण गरेको हो ।

जैमिनी नगरपालिकाको सर्वाेदयजनक मावि, पल्लोपाखा मावि, जनप्रिय मावि, सुन्तलाचौर मावि, जनता मावि, ताराखोला गाउँपालिकाको नेपाल मावि र बागलुङ नगरपालिकाको आधारभुत माविको विद्यालय भवन निर्माणको अन्तिम चरणमा छ । सात वटा विद्यालय हस्तान्तण पश्चात विद्यालय पुनःनिर्माणको काम सकिने उहाँले बताउनुभयो ।

भुकम्पले क्षतिग्रस्त भए पनि विभिन्न स्थानीय तहका विद्यालयले ४० वटा भवन निर्माणको लागि आवेदन दिएनन । भवन निर्माणको लागि जग्गा अभाव, विद्यार्थी संख्याको कमी, जस्ता कारणले भवन निर्माणको प्रस्ताव इकाई प्रमुख चपाईले जानकारी दिनुभयो ।

जिल्लामा आर्थिक बर्ष २०७३/०७४ देखि विद्यालय पुनःनिर्माणको काम सुरु भएको थियो । पहिलो बर्ष १४, दोस्रो बर्ष १४, तेस्रो बर्ष ४०, चौथो बर्ष ३८, पाँचौ बर्ष आठ र छैठौँ बर्षमा इकाइले आब २०७५÷७६ देखि विद्यालयमा खानेपानी र शौचालय निर्माणको काम सुरु गरेको छ ।

हालसम्म ३१ वटा विद्यालयमा खानेपानी विस्तार तथा ५८ वटा विद्यालयमा शौचालयन निर्माण गरिएको छ । नेपाल मावि तारामा शौचालय तथा खानेपानी, बागलुङ नगरपालिकाको सिगाना माविमा शौचालय र चौतारे डाडा माविमा शौचालयन निर्माणको काम ढिला भएको छ ।

पुन निर्माण प्राधिकरणले तीन कोठे भवनको लागि ३५ लाख ७० हजार, चार काठे भवनलाई ७० लाख लाख ४० हजार, दुई कोठे भवनलाई २३ लाख ९० हजार, शौचालय निर्माण गर्न १५ लाख र खानेपानी आयोजनालाई ७ लाख रुपियाँ बजेट उपलब्ध गराएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here