
बागलुङ, १५ भदौ । रिलायबल नेपाल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले मानवसेवा आश्रमलाई खाद्यन्न सहयोग गरेको छ ।
इन्स्यारेन्स कम्पनीको चौथो बार्षिकोत्सवको अवसरमा बागलुङ शाखाले मंगलवार मानवसेवा आश्रम बागलुङलाई खाद्यान्न सहयोग गरेको हो । बार्षिकोत्सवको अवसरमा मानविय कार्य गर्ने योजना अनुसार मानवसेवा आश्रमलाई खाद्यन्न सहयोग गरेको शाखाका प्रमुख नारायण पौडेलले बताउनुभयो ।
शाखा प्रमुख पौडेलले आश्रममा एक छाक खाना खुवाउनेहरु धेरै भएपनि आफुहरुले केहि दिनको लागि आश्रमलाई सहयोग पुगोस् भन्ने उद्देश्यले खाद्यान्न हस्तान्तरण गरेको बताउनुभयो । इन्स्योरेन्स कम्पनीले आश्रमलाई ६ हजार रुपैयाँ बराबरको चालम, तेल, मसला, माक्स लगायतका सामाग्री सहयोग गरेको छ ।
इन्स्यारेन्स कम्पनीका शाखा प्रमुख पौडेल सहितको टोलीले आश्रमकी सुमिरा लामालाई सामाग्री हस्तान्तरण गरेको थियो ।
सामाग्री हस्तान्तरणमा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव विजय रानाले इन्स्यारेन्सले बार्षिकोत्सवमा आश्रमलाई सहयोग गरि मानविय धर्म निर्वाह गरेको बताउनुभयो । उहाँले सवैमा मानविय सेवा हुनुपर्ने बताउँदै सडकमा रहेकाहरुलाई आश्रमले उद्धार गरि राखेकोले सवैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
आश्रममा महिला, पुरुष र बालबालिका गरि ४८ जना रहेका छन् ।


