कोरियाबाट फर्केर माछा पालन गर्दै पुन

बागलुङ, १३ भदौ । बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीका लक्ष्मण पुनले जीवनको १४ बर्ष विदेशी भूमी दक्षिण कोरियामा बिताउनुभयो । कामदारको रुपमा कोरिया पुग्नुभएको पुनले कडा मेहनत र परिश्रम के हो भन्ने शिक्षा कोरिया बसाईले सिकायो । मेसिनको गतिमा हुने काम, काम प्रतिको लगाव, मेहनत र श्रम प्रतिको सम्मानबारे गतिलो ज्ञान प्राप्तभयो ।

१४ बर्ष कोरियामा श्रम गरेर फर्कनुभएका पुनले नेपाल फर्केर माछा पालन सुरु गर्नुभएको छ । बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गा भाडामा लिएर माछा तथा कृषी फर्म सञ्चालन गुर्नभएको हो । ६० बर्षिय पुनको दिनचार्य कृषीफर्ममा वित्ने गरेको छ ।

करिव ४५ लाख रुपियाँ लगानी गरेर फर्म सञ्चालन गरेको पुनले जानकारी दिनुभयो । फर्म सञ्चालनको सुरुवात समुहगत रुपमा भए पनि अहिले एक्लै थाम्नु भएको । विगत चार बर्षदेखि फर्म सञ्चालनमा छ ।

तीन वटा माछा पोखरीमा ग्रास, काव कमन, सिल्भर काव गरी पाँच किसिमका माछा पाल्नुभएको छ । निषेधाज्ञाको समयमा ५० हजार भुरा माछा पोखरीमा हालेको पुनले बताउनुभयो । ‘माछा उत्पादन राम्रो थियो’ उहाँले भन्नुभयो–‘बजार उकालो लाग्ने बेला कोरोनाले असर ग¥र्याे ।’ परिवारका अन्य सदस्यलाई आफ्नै देशमा उद्यमी बन्न प्रेरणा दिने लक्ष्यका साथ कृषी कर्मका लागेको पुनले बताउनुभयो । मासिक ५० हजारको माछा विक्री हुन्छ ।

‘विदेशको दुःख जे भोग्नु मैले भोगे’ उहाँले भन्नुभयो–‘अब कामको लागी कुनै पनि सदस्य विदेश जानु नपरोस भन्ने उद्देश्य छ ।’ पुनले स्थानीय जातको कुखुरा, बट्टाई चरा, हाँससमेत व्यवसायिक रुपमा पाल्नुभएको छ । कालीगण्डकी किनारमा रहेको कृषी फर्ममा आफ्नो उत्पादनको बजारीकरण गर्न रिसोर्ट सञ्चालनको तयारी गरेको उहाँले बताउनुभयो । माछा पारखीहरु फर्ममै किन्न जाने गर्छन ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here