
काठमाडौं, ७ भदौ । साताको दोस्रो दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सोमबार छापावाल सुन प्रतितोला दुई सय रुपैयाँले बढेर ९१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि आइतबार छापावाल सुन प्रतितोला ९० हजार नौ सय रुपैयाँमा किनबेच भएको महासंघले जानकारी दिएको छ । महासंघकाअनुसार सोमबार तेजावी सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १० रूपैयाँले बढेर एक हजार एक सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
