बैंकहरु भए मालामाल

काठमाडाैं । कोभिड–१९ का कारण सिङ्गो अर्थतन्त्र नै खल्बलिएका बेला वाणिज्य बैङ्कहरूको कार्यसम्पादन भने राम्रो देखिएको छ । पटकपटकको बन्दाबन्दी र निषेधाज्ञाले आर्थिक क्रियाकलाप प्रभावित हुँदा पनि वाणिज्य बैङ्कहरूका वित्तीय परिसूचक भने सबल देखिएका हुन् । त्यसको प्रत्यक्ष तस्बिर नाफामा देखिएको छ।

‘क’ वर्गका २७ वटा वाणिज्य बैङ्कले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८को चौथो त्रैमासको वित्तीय विवरणअनुसार २७ वटा वाणिज्य बैङ्कहरूले कुुल ६३ अर्ब ३७ करोड ३८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । विवरणअनुसार वाणिज्य बैङ्कहरूले समग्रमा औसत २० प्रतिशत नाफा कमाएका छन् । यो नाफा अघिल्लो वर्षको तुलनामा १० अर्ब ५७ करोड रुपैयाँले बढी हो ।

अघिल्लो आवमा त्यसबेला सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैङ्कले कुल ५२ अर्ब ८० करोड रुपैयाँ खुद मुनाफा कमाएका थिए । गत आवमा सबैभन्दा बढी नाफा आर्जन गर्ने बैङ्क नबिल रहेको छ । सोे बैङ्कको नाफा अघिल्लो वर्षभन्दा ३०.०६ प्रतिशतले बढेर चार अर्ब ५० करोड रुपैयाँ पुगेको छ।

नबिलले खुद नाफा, वितरणयोग्य नाफा र प्रतिसेयर आम्दानीमा पनि अग्रता लिएको लिएको पाइन्छ तर चुक्ता पुँजी र जगेडा कोषमा क्रमशः ग्लोबल आईएमई बैङ्क, नेपाल बैङ्क र खुद ब्याज आम्दानीमा एनआईसी एसिया बैङ्क अगाडि देखिएको खबर गोरखापत्रमा छापिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here