
कृष्ण संयोग
बागलुङ, ४ भदौ । बागलुङ बजारमा विगत २ वर्षदेखि संचालनमा आएको यम्मी किचन हाउसले पर्वतमा आफ्नो नयाँ शाखा बिस्तार गरेको छ ।
पर्वतको कुश्मा बजारको मिलनचोकमा करिब २० लाखको लगानीमा संचालन ल्याएकोे किचन हाउसमा नेपाली स्वादिलो खाजाका परिकार, तिब्बत खाजा सेटहरु साथै अन्नराष्ट्रिय क्वालिटिका खाजाका सेटहरु पाइने शाखाका म्यानेजर दिपक सुनारले बताएका छ ।
बागलुङमा आकर्षक सजावट, स्वादिलो खाजाका परिकारहरु, तथा उचित व्यवस्थापनमा संचालन भएको र ग्राहकहरुको प्रतिक्रिया निकै राम्रो पाएकोले कुश्मा शाखा खोल्न थप उर्जा मिलेको किचन हाउसका संचालक दिल रानाले जानकारी दिएका छन् ।
विद्यार्थीहरुलाई परिचयपत्रको आधारमा १० प्रतिशत छुटको व्यवस्था गरिएको संचालक रानाले बताए । उनले ग्राहकहरुको लागि औपचारिक रुपमा भदौ ६ गतेदेखि खुल्ला गरिने बताए ।
आकर्षक डेकोरेशनमा संचालन भएको किचन हाउसमा सस्तो मूल्यमा स्वादिलो तथा फरक स्वादका खाजाहरु उपलब्ध हुने भएकाले ग्राहकहरुको पहिलो रोजाइन बन्न सक्ने संचालक रानाको भनाई छ ।
१ जना म्यानेजर सहित ७ जनालाई रोजगार दिँदै आएको किचन हाउसले बागलुङमा जस्तै पर्वतमा पनि ग्राहकको रोजाई र साथ पाएमा अन्य ठाउँमा सेवा विस्तार गर्ने संचालक राना बताए ।

