
काठमाडौं, १० साउन । आन्तरिक राजश्व कार्यालय बागलुङमा आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब ३५ करोड ५५ लाख ६८ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।
कार्यालयले गत आर्थिक वर्ष २०७६/०७७ भन्दा ३५ करोड ५८ लाख ५१ हजार रुपैयाँ बढी राजश्व संकलन गरेको हो । गत आर्थिक वर्ष २०७६÷०७७ मा ९९ करोड ९७ लाख १७ हजार रुपियाँ राजश्व संकलन भएको थियो ।
आन्तरिक राजश्व कार्यालय बागलुङका प्रमुख जनकराज शर्माका अनुसार असार मसान्तसम्म ८६ करोड २० लाख ७ हजार राजश्व तथा कर संकलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयले १५७. २६ प्रतिशत प्रगति गरेको छ । आयकरतर्फ ७९ करोड ७ हजार ९१ रुपियाँ, मुल्य अभिवृद्धि करतर्फ ४१ करोड ७६ लाख ७८ हजार रुपैयाँ, अन्तशुल्क २ करोड ४० लाख ९३ हजार रुपैयाँ, बहाल कर २ करोड ५० लाख ७७ हजार, व्याजकरतर्फ ९ करोड ६७ लाख ५७ हजारँ, स्वास्थ्य सेवा करतर्फ १० लाख ८७ हजार, शिक्षा सेवा शुल्कतर्फ ८६ हजार रुपियाँ राजश्व संकलन भएको कार्यालय प्रमुख शर्माले बताउनुभयो ।
गत आर्थिक बर्षको साउन महिनामा १७ करोड ३२ लाख ८७ हजार, भदौमा ३ करोड ७८ लाख ३४ हजार, असोजमा ७ करोड २५ लाख ७९ हजार, कार्तिकमा ५ करोड ३९ लाख ८३ हजार, मंसिरमा ४ करोड ६८ लाख ७३ हजार, पुषमा २३ करोड १ लाख ८४ हजार, माघमा १९ करोड २ लाख ७७ हजार, फागुनमा ७ करोड ९७ लाख ९९ हजार, चैत्रमा ११ करोड ४६ लाख ३४ हजार, बैशाखमा ६ करोड ७५ लाख २२ हजार, जेठमा ५ करोड ६८ लाख ८८ हजार, असारमा २३ करोड १७ लाख ७ हजार रुपैयाँ राजश्व संकलन भएको थियो ।
बक्यौता राजश्व संकलन गरेको कारण राजश्व संकलनमा वृद्धि भएको कार्यालय प्रमुख शर्माको भनाई छ । व्यवसायिक आयकर दर्ता गर्नेहरुको संख्या ३ हजार ४ सय ४०, व्यक्तिगत आयकरमा चार हजार नौ सय १२ र डब्लूप्यान लिनेको संख्या ४२ छ ।
आन्तरिक राजश्व कार्यालय बागलुङले साविकको धौलागिरी अञ्चल बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङको कर संकलन गर्दै आएको छ । कार्यालयमा हालसम्म व्यवसायिक आयकर दर्ता गर्नेको संख्या १६ हजार १ सय ५५, व्यक्तिगत आयकर दर्ता गर्नेको संख्या २७ हजार २ सय २५ जना र डब्लूप्यान लिनेको संख्या ८९ रहेको छ । त्यसमध्य मुअकर १ हजार ४ सय ३४ र अन्तशुल्क १ हजार ६७ को दर्ता रहेको कार्यालय प्रमुख शर्माले जानकारी दिनुभयो ।
