गौरवको आयोजना आधुनिक बागलुङ बसपार्क कालोपत्रे

राम शर्मा
बागलुङ, १५ असार । बागलुङ नगरपालिकाको गौरवको योजनामा समावेश आधुनिक बसपार्क कालोपत्रे गरिएको छ ।

ठेक्का सम्झौता भएको तीन बर्ष पछि कालोपत्रे गर्ने नयाँ प्रविधिको प्रयोगमार्फत बस ‘पार्किङ’ क्षेत्र कालोपत्रे गरिएको हो । बागलुङ नगरपालिका–४ उपल्लाचौरको दावगरामा निर्माणधिन बसपार्क पटक पटकको लकडाउन, निषेधाज्ञा र प्रतिकुल मौसमको कारण निर्माण कार्यमा ढिलाई भएको थियो ।

निर्माण कम्पनी आशिष सेवा जेभीले एक बर्षभित्र आधुनिक बसर्पाक निर्माण कार्य सक्ने गरी वि.स २०७५ सालमा ठेक्का लिएको थियो । सम्झौता अनुसार वि.स २०७६ साल कात्र्तिक २७ गते बसपार्क निर्माण सकिनु पर्थ्र्याे ।

तीन पटकसम्म म्याथ थप गरे पछि बसपार्क कालोपत्रे भएको बागलुङ नगरपालिकाका इन्जिनियर मनोज शर्माले जानकारी दिनुभयो । पछिल्लो पटक थप गरेको समयमा कालोपत्रेको तयारी भए पनि कालोपत्रेको लागि आवश्यक मेसिन र उद्योग सञ्चालन ढिला हुँदा असारसम्म पुगेको निर्माण कम्पनीको भनाई छ । बसपार्कमा अस्फार्ड प्रविधिको कालोपत्रे गरिएको छ ।

अस्फाड कालोपत्रे तयार गर्ने उद्योग बागलुङमा सञ्चालन नहुँदा पर्वतबाट तयारी सामग्री लिएर विछ्याएको इन्जिनियर शर्माको भनाई छ । उक्त प्रविधिको प्रयोगले कालोपत्रेको काम छिटो हुन्छ । विहिबारसम्म कालोपत्रे सकिने छ ।

 

बागलुङ नगरपालिकाले नगर विकास कोषसँगको समन्वयनमा ८ करोड ८० लाख रुपियाँमा ठेक्का सम्झौता गरेको थियो । नगर विकास कोषसँगको ९० प्रतिशत ऋण लगानी नेपाल सरकारको साढे सात प्रतिशत र नगरपालिकाले साढे दुई प्रतिशत आर्थिक दायित्वको व्यवस्थापन गरेको छ ।

बसपार्कमा टर्मिनल भवन, व्यापारिक भवन, भूमिगत ट्याक्सी पार्कलगायतको संरचना बैशाखमै तयार भएका थिए । आधुनिक बसपार्कमा कम्तीमा ७० वटा बस पार्किङ गर्न सकिने र साना सवारी साधनका लागि समेत सहज पार्किङको व्यवस्था हुनेछ ।

बसपार्क निर्माणको लागि स्थानीय ५२ जनाले निःशुल्क जग्गा उपलब्ध गराएका थिए । १७ रोपनी क्षेत्रफलमा बसपार्क तयार भएको छ । बाँकी जग्गा व्यवस्थित बसोबासको लागि १३७ वटा घडेरी निर्माण गरी वितरण गरिने नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here