ढोरपाटन नगरपालिकाद्वारा ४४ करोड ६५ लाखको बजेट प्रस्तुत

बागलुङ, १० असार । ढोरपाटन नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि ४४ करोड ६५ लाख १० हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।

नगरपालिकाको नवौं नगरसभामा बिहिबार नगरप्रमुख कर्मती पुनले उक्त बजेट प्रस्तुत गर्नुभएको हो ।

नगरसभामा नीति तथा कार्यक्रम र बजेट माथिको छलफलमा कसैले पनि प्रश्न उठाएनन् । नीति तथा कार्यक्रम र बजेट माथि प्रश्न नउठाइएपछि सर्वसम्मत पारित भएको छ ।

वडा स्तरबाट ल्याइनुपर्ने योजनाका सिलिङ उपर कार्यपालिका बैठकले छलफल गरि पूर्ण बजेटमाथि १० दिनको छलफल पछि असार २० गते बजेट पास गर्ने गरि नगरप्रमुख देवकुमार नेपालीले सभा सम्पन्न गर्नुभएको गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here