
बागलुङ, १० असार । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/०७९ को लागि ५३ करोड ३१ लाख १४ हजार रुपैयाँ बजेट विनियोजित गरेको छ ।
गाउँपालिकाको बिहिबार सम्पन्न नवौं गाउँसभाले अध्यक्ष अमर बहादुर थापाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपाध्यक्ष अर्जुन बहादुर खत्रीले प्रस्तुत गरेको बजेट सर्वसम्मत पारित गरेको हो ।
गाउँपालिकाले आगामी आ.व. २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेटमा कोरोना महामारी सहित स्वास्थ्य र शिक्षा र पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ ।
गाउँपालिका अध्यक्ष अमर बहादुर थापाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कोभिड–१९ को कारण पारिबारका सदस्य गुमाएका बिपन्न परिबारका बालबालिकाहरुको अध्ययनका लागि पहिचान गरि गाउँपालिका अध्यक्ष गरिब तथा बिपन्न राहत कार्यक्रम संचालन गर्ने बताउनुभयो । उहाँले हिंसा पीडितको उद्धार, गरिबी निवारणका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी र जीवन उपयोगी बनाउने नीति ल्याएको नीति तथा कार्यक्रममा प्रस्तुत गर्नुभयो ।
गाउँपालिको आगामी आर्थिक वर्षमा गाउँपालिका केन्द्रदेखि वडा कार्यालयसम्मका सडकहरुलाई थप स्तरोन्नती गदै्र्र ग्रावेल, ढलान र कालो पत्रे गर्न पहिलो प्राथमिकता दिने र नयाँ ट्रयाक खोल्नलाई निरुत्साहित गरिने जनाएको छ । गाउँपालिकाले हरेक वर्ष गर्दै आएको गरिव परिवारको खरको छाना विस्थापित कार्यक्रमलाई यसवर्ष पनि निरन्तरता दिँदै आ.व. २०७८÷०७९ मा बाँकी रहेका १३० घरपरिवारको खरका छाना विस्थापित गर्ने जनाएको छ । यस्तै अध्यक्ष थापाले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिका भित्रका स्वास्थ्यचौकीको महत्वपूर्ण भूमिका रहेकोले स्वास्थ्य क्षेत्रको प्रभावकारीता र यसको गुणस्तर वृद्धिका लागि आवश्यक पहिचान गरि ल्याब, बर्थिङ सेन्टर संचालन गर्ने र पूर्वाधारका कार्यक्रम संचालन गर्ने नीति तथा कार्यक्रम मार्फत जानकारी गराउनुभयो ।
गाउँपालिकाले घरेलु तथा साना उद्योगहरुलाई प्रर्बद्धन गरि स्थानिय उत्पादनलाई विशेष जोड दिइने बताउँदै पहिचान भएका ८० जना उद्यमीहरुका लागि सीपमुलक तालिम स)चालन गरिने जनाएको छ । यस्तै रेशलाइ औद्योगिक ग्रामको रुपमा बिकास गरिने र एक शैक्षिक संस्था, एक उद्यम कार्यक्रम संचालन गर्ने गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो ।
गाउँपालिकाले शिक्षा क्षेत्रमा पूर्वाधार, सडक पूर्वाधारमा जोड, सिंचाईका ठुला योजना, झोलुंगे तथा पक्कि पुल निर्माणका लागि संघ र प्रदेशसँग समन्वय गरिने नीति लिएको छ । कला संस्कृति, खेलकुद र भाषाको संरक्षण र प्रबद्र्धनलाई नीति तथा कार्यक्रममा जोड दिईएको छ । पर्यटन, कृषि र अन्य सामाजिक क्षेत्रलाई समेत समयानुकुल परिवर्तन गर्दै जाने नीति गाउँपालिकाले लिएको छ ।
यस्तै गाउँपालिकाको नवौ गाउँसभाले बिहिबार नै प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत पारित गरेको छ ।
आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि गाउँपालिका उपाध्यक्ष अर्जुन बहादुर खत्रीले प्रस्तुत गरेको ५३ करोड ३१ लाख १४ हजार रुपैयाँको बजेट गाउँसभाले पारित गरेको हो ।
गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि संघबाट वित्तिय सामानिकरण अनुदान तर्फ १० करोड ६० लाख, संघिय सरकार ससर्त चालु अनुदानमा २७ करोड ८३ लाख, प्रदेश सरकार वित्तिय समानिकरण अनुदानमा १ करोड २२ लाख ७७ हजार, गाउँपालिकाको आन्तरिक आय, ५१ लाख ४६ हजार, संघिय सरकार समपुरक अनुदान ३२ लाख, संघिय सरकार समपुरक अनुदान १ करोड ३७ लाख, संघिय सरकार राजश्व बाँडफाँड ७ करोड १६ लाख ९१ हजार, संघिय सरकार विशेष अनुदान १ करोड ७८ लाख, प्रदेश सरकार विशेष अनुदान ५० लाख, समपुरक अनुदान ५० लाख र संचित कोषबाट अनुमानित १ करोड ५० लाख रुपैयाँ आम्दानी हुने जनाएको छ ।
गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि पूर्वाधार विकास तर्फ सडक तथा पुल, सिचाई, भवन तथा सहरी विकास, उर्जा, लघु जलविद्युत र सञ्चार तर्फ ३ करोड ११ लाख ७८ हजार, सामाजिक विकास तर्फ शिक्षा, स्वास्थ्य, खानेपानी, खेलकुद, संस्कृति प्रबद्र्धन, लैङ्गिक समानता तथा सामाजिक समावेशिकरणमा १ करोड ५५ लाख ८९ हजार बजेट विनियोजित गरिएको उपाध्यक्ष खत्रीले बताउनुभयो ।
यस्तै वडा गौरव र पहिचानमा २ करोड ५१ लाख ८२ हजार, आर्थिक विकास तर्फ कृषि, पर्यटन, उद्योग, बाणिज्य र सहकारीमा १ करोड ५५ लाख ८९ हजार, अन्य भौतिक पूर्वाधार, आथिृक विकास एवं सामाजिक विकास कार्यक्रममा १ करोड ४३ लाख ९० हजार रुपैयाँ बजेट विनियोजित गरिएको उपाध्यक्ष खत्रीले बताउनुभयो । यस्तै कोभिड व्यवस्थापनमा गाउँपालिकाले ८० लाख रुपैयाँ बजेट विनियोजित गरेको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत पछि गाउँपालिकाका विधागत समितिका संयोजकहरुले आफ्नो समितिको काम र आगामी नीतिको बारेमा भनाई राख्नुभएको थियो । नीति तथा कार्यक्रमको छलफलको क्रममा सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक टिका संगम बि.क., विधान समिति संयोजक चित्र कुमारी श्रीस छन्त्याल, वन, वातावरण तथा विपद समिति संयोजक खड्क थापा, आर्थिक समिति संयोजक युक्तप्रसाद कंडेल, पूर्वाधार विकास समितिका संयोजक प्रेम लामिछाने र सामाजिक विकास समितिका संयोजक विद्यापति शर्माले भनाई राख्नुभएको थियो ।
गाउँसभाको कार्यसूचि प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्कीले प्रस्तुत गर्नुभएको थियो ।
पूर्णपाठ
गाउँपालिका अध्यक्ष अमर बहादुर थापाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम
गाउँपालिका उपाध्यक्ष अर्जुन बहादुर खत्रीले प्रस्तुत गरेको बजेट प्रतिवेदन






























