बडिगाड गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट पारित

कमल पौडेल
बागलुङ, १० असार । बडिगाड गाउँपालिकाको नवौं गाउँसभाले आर्थिक वर्ष ०७८/७९ को निति तथा कार्यक्रम र ६२ करोड १ लाख २५ हजार बरावरको बजेट पारित गरेको छ । बडिगाड गाउँपालिकाको गाउँसभामा गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले प्रस्तुत गरेको निति तथा कार्यक्रम र उपाध्यक्ष अम्मर बहादुर श्रीसले प्रस्तुत गरेको बजेट सभाले सर्वसम्मत पास गरेको हो ।

जस अन्तरगत बजेट तर्फ चालु तर्फ १० करोड ८३ लाख, सशर्त अनुदान तर्फ २९ करोड २६ लाख र पुँजीगत खर्च तर्फ २१ करोड ९२ लाख २५ हजार विनियोजन गरेको हो । बडिगाड गाउँपालिकाका उपाध्यक्ष अम्मर बहादुर श्रीसले प्रस्तुत गरेको बजेटलाई सभाले सर्वसम्मत पारित गरेको हो । बजेटमा आम्दानी तर्फ आन्तरीक राजस्ववाट १ करोड ३५ लाख, नेपाल सरकारको राजश्व बाँडफाँडबाट ९ करोड ७ लाख ९९ हजार, प्रदेश सरकारको राजश्व बाँडफाँडबाट ६६ लाख ३० हजार, नगद मौज्जादवाट ४ करोड ५० लाख, अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तरगत संघिय सरकारको वित्तिय सम्मानीकरण अनुदान ११ करोड ७८ लाख, प्रदेश सरकारवाट प्राप्त हुने वित्तिय सम्मानीकरण अनुदान तर्फ १ करोड ३५ लाख ९६ हजार, संघिय सरकारको ससर्त अनुदान २९ करोड २६ लाख, संघिय सरकारको विशेष अनुदान २ करोड ३७ लाख, प्रदेश सरकारको विषेश अनुदान ६० लाख, संघिय सरकारको समपुरक कोषबाट ६५ लाख र प्रदेश सरकारको समपुरक कोषबाट ४० लाख गरि ६२ करोड १ लाख २५ हजार आय प्रस्ताव पास गरेको हो ।

जस अन्तरगत सुरक्षीत नागरिक आवास तर्फ खरका छाना हटाउने कार्यक्रमको लागि २ करोड २५ लाख विनियोजन गरेको छ । बडिगाड गाउँपालिकाको प्रशासनिक भवन सम्पन्न गर्न २ करोड १० लाख तथा गाउँपालिका भित्रका सवै वडामा वडा कार्यालय निर्माण सम्पन्न गर्न दुइ करोड ५० लाख वजेट विनियोजन गरेको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संगको सहयोगमा गाउँपालिकाको वडा नं. ३, ७, ८ र ९ मा खानेपानी योजना सञ्चालन गर्न २ करोड ८१ लाख ९८ हजार विनियोजन भएको छ। वजेटले वाल विकासका सहजकर्ता तथा विद्यालय कर्मचारीको लागि आवश्यक तलवभत्ताको व्यवस्था गरेको छ भने समुदायवाट सञ्चालित वालविकासका सहजकर्ताको लागि पहिलो पटक ५ लाख वजेट विनियोजन गरेको छ ।

महिला तथा वालवालिका लक्षित कार्यक्रमको लागि १५ लाख, आदिवासी जनजाती लक्षित कार्यक्रमको लागि १० लाख, दलित लक्षित कार्यक्रमको लागि १० लाख विनियोजन गरेको गाउँपालिकाले जेष्ठ नागरिक लक्षित कार्यक्रमको लागि ८ लाख वजेट विनियोजन गरेको छ। त्यस्तै युवा लक्षित कार्यक्रमको लागि १० लाख, अल्पसंख्यक लक्षित कार्यक्रमको लगि ५ लाख, मुस्लिम लक्षित कार्यक्रमको लगि ५ लाख, अपाङगता भएका व्यक्ति लक्षित कार्यक्रमको लागि ८ लाख विनियोजन गरेको पालिकाले सहिद परिवार एवं द्धन्द पिडित तथा अति विपन्न परिवारको राहतको लागि ४ लाख वजेट छुट्याएको छ ।

बडिगाड गाउँपालिका भित्र पहिलो पटक डम्पिङ साइट निर्माण गर्नको लागि ४० लाख वजेट विनियोजन भएको छ । पूर्वाधार तर्फ सडकमा पुरानोगाउँ फोर्सा सडकको लागि २५ लाख, रणसिंह भेडिखोर सडकको लागि २५ लाख, दर्लिङ निगालपानी सडकको लागि २५ लाख सिरनी शिसाखानी सडकको लागि २५ लाख रकम विनियोजन भएको छ ।

कृषि तथा पशुपालन र पुर्वाधार विकास बडिगाडको प्रगति एवं समृद्धिको निकास भन्ने नारा सहितको निति तथा कार्यक्रममा अति गरिव परिवारको लागि साझा सुविधा केन्द्र सञ्चालन गर्ने लगाएतका कार्यक्रम समेटेको छ । अघिल्ला वर्षहरुमा लिएको हरेक महिना एक दिन अनिवार्य जनश्रमदानलाई यस वर्ष पनि निरन्तरता दिएको छ । एक घर दश फलफुल वोट, विसंगति विकृति विरुद्धको अभियानलाई पनि निरन्तरता दिएको छ ।

पहिलो वर्षबाटै सुरु गरिएको सुरक्षीत नागरिक आवास कार्यक्रमलाई यस वर्षपनि सञ्चालन गर्ने घोषणा गरिएको छ । भ्रष्टाचार विरुद्ध शुन्य सहनसिलताको निति अवलम्बन गर्ने वताइएको निति तथा कार्यक्रममा सामाजिक विकृति र कुरितिलाई दुरुत्साहन गर्ने नितिलाई निरन्तरता दिएको बताइएको छ ।

आगामी वर्षको निति तथा कार्यक्रममा शिक्षातर्फ स्थानिय पाठ्यक्रम तयार गर्ने, आधारभूत तहको परीक्षालाई मर्यादित बनाउने, शिक्षकहरुको पेशागत क्षमता विकासको लागि तालिमको व्यवस्था गर्ने उल्लेख गरिएको छ । ट्युसन, कोचिङ सेन्टरलाई व्यवस्थित गर्ने, वडा नं. ५ न्वारमा कृषि तथा पशु विज्ञान विषयमा स्नातक तहको क्याम्पसको सम्बन्धन ल्याउनको लागि पहल गर्ने उल्लेख गरिएको छ ।

निति तथा कार्यक्रममा जनसहभागितामा आधारित योजना कार्यान्वयनमा स्थानिय उपभोक्ता समितिले विधिको पालना नगरेको र जनसहभागिता जुट्न नसकेको स्वीकार गरिएको छ । विपद व्यवस्थापन, जलवायु परिवर्तनन र वातावरण संरक्षणमा नयाँ प्रविधि अवलम्बन गर्न नसकेको पनि निति कार्यक्रमले स्वीकार गरेको छ ।

निति तथा कार्यक्रममा कृषि तथा पशु विकासमा तर्फ खाद्यान्नमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने, रैथाने जातका वालिलाई प्रवद्र्धन गर्ने, व्यवसायीक पशुपालनमा जोड दिने गरि वजेटको समेत व्यवस्थापन गरिएको छ ।

सभाले आर्थिक वर्ष २०७६/७७ को यथार्थ आम्दानी खर्च विवरण, आर्थिक वर्ष २०७७/७८ संसोधित अनुमान र २०७८ जेष्ठ महिना सम्मको यथार्थ आम्दानी खर्च विवरण, आर्थिक वर्ष २०७८/०७९ को अनुमानित आम्दानी खर्च विवरण साथै मध्यकालिन खर्च संरचनाको विवरण, आर्थिक विधेयक २०७८ र विनियोजन विधेयक २०७८ पनि पास गरेको छ ।

गाउँ सभामा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको छ । जस अन्तरगत प्रशासकिय अधिकृत थम्मन बहादुर रेश्मी, स्वास्थ्य शाखाका प्रमुख चुडामणि कँडेल, सवारी चालक राजन कुमार पाइजा र पूर्व लेखापाल जोक बहादुर बुढालाई प्रतिव्यक्ति नगद ५० हजार सहित सम्मान गरेको हो । सभा गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाको अध्यक्षता तथा प्रमुख प्रशासकिय अधिकृत वालाकृष्ण सुवेदीको सहजिकरणमा सञ्चालन भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here