बागलुङ नगरपालिकाद्वारा १ अर्ब ५ करोडको बजेट प्रस्तुत (पूर्णपाठ सहित)

बागलुङ, १० असार । बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्षको लागि १ अर्ब ५ करोड बढीको बजेट प्र्रस्तुत गरेको छ ।

नगरपालिकाको नवौं नगरसभामा उपप्रमुख सुरेन्द्र खड्काले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि १ अर्ब ५ करोड ६८ लाख रुपैयाँको बजेट विनियोजित गरेको जानकारी दिनुभयो । खड्काले चालु खर्च तर्फ १३ करोड, पूँजीगत खर्च तर्फ १ करोड ११ लाख, वडा कार्यालय सञ्चालन खर्च ७० लाख, नगर विकास कोषको भुक्तानीका लागि ५० लाचख, नगर विकास कोषको साँवा भुक्तानीको लागि ५० लाख गरी १५ करोड ८१ लाख रुपैयाँ विनियोजित गरेको बताउनुभयो ।

नगरपालिकाले आर्थिक विकास तर्फ कृषिको लागि १ करोड ५९ लाख, पशु विकास तर्फ ६९ लाख, सहकारी संस्थाहरुको नियमन तथा प्रबर्धनको लागि १० लाख, पर्यटन क्षेत्रमा १ करोड १० लाख, उद्यम विकास तथा रोजगार प्रबर्धन तर्फ ४ करोड उनानब्बे लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

शिक्षा विकाश व्यवस्थापन र सञ्चालन तर्फ ३९ करोड ५१ लाख २४ हजार रुपैयाँ बिनियोजन गरिएको छ । स्वास्थ्य तर्फ ७ करोड ५८ लाख ६५ हजार, युवा तथा खेलकुद विकास तर्फ ४ करोड ३६ लाख ५० हजार, लेङ्गिक समानता तथा सामाजिक समावेशिकरण तर्फ ७४ लाख रुपैयाँ बिनियोजन गरिएको छ ।

संरक्षित आप्रवाशन परियोजनाको लागि ६४ लाख, भाषा, साहित्य र कला संस्कृति तर्फ ३५ लाख रुपैयाँ, खानेपानी तर्फ ५४ करोड १६ लाख ८९ हजार बिनियोजन गरिएको छ ।

पूर्णपाठ

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here