ताराखोला गाउँपालिकामा नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ सहित)

बागलुङ, ६ असार । बागलुङको ताराखोला गाउँपालिकाले आगामि आर्थिक वर्ष २०७८/०७९ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाको नवौं गाउँसभामा गाउँपालिका अध्यक्ष प्रकाश घर्ती मगरले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

नीति तथा कार्यक्रममा ताराखोला गाउँपालिकाले वडा नम्बर- करिमेलालाई नमुना पर्यटकीय बस्तीको रुपमा विकास गर्ने अध्यक्ष घर्तीले बताउनुभएको छ ।

उनले निर्माणाधीन संग्रहालयदेखि अर्गल गाउँ हुँदै शहीद पार्कसम्म पदमार्ग निर्माणको कार्य थालनी गर्ने, रानु झर्ना पूर्वाधार निर्माण गर्नुका साथै प्रचार प्रसार गरि झर्नालाई पर्यटकीय स्थलकोलको रुपमा विकास गरिने बताए ।

आफ्नो नीति तथा कार्यक्रममा संघ तथा प्रदेश सरकारसँगको समन्वयमा सार्वजनिक स्थलहरू तथा सामुदायिक क्षेत्रहरूमा रहेका स्लेट ढुङ्गा उत्खननका लागि वातावरणीय प्रभाव मूल्यांकन सम्बन्धी अध्ययन गरिने उल्लेख गरेका छन् ।

उद्यमीहरूको स्तरउन्नती गर्नका लागि सीप विकास तालिम कार्यक्रम सञ्चालन गरिने, औद्योगिक ग्राम भित्र कुनै पनि किसिमका उद्योग सञ्चालन गर्न व्यवसायीहरुलाई प्रोत्साहन गरिने आफ्नो नीतिमा समावेश गरेका छन् ।

गाउँपालिकामा अति विपन्न घर परिवार पहिचान गरि दर्ता गर्ने र त्यस्तो परिवारको कुनै सदस्यले घरेलु तथा साना उद्योग स्थापना गर्न चाहेमा त्यस्तो उद्योगलाई चाहिने उपकरण तथा पूर्वाधारमा गाउँपालिकाले अनुदान तथा तालिम प्रदान गर्ने “गरिबसँग उद्योग” कार्यक्रम सञ्चालन गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । पालिकाले उत्कृष्ट लघुउद्यमीलाई पुरस्कारको व्यवस्था गर्ने बताएको छ ।

पूर्णपाठ

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here