काठेखोलालाई हेफर ईन्टरनेशनल नेपालद्वारा पाँच लाख सहयोग

बागलुङ, १ असार । बिश्वब्यापी महामारीको रुपमा फैलिरहेको (कोभिड–१९) कोरोना भाइरस रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि काठेखोला गाउँपालिकालाई हेफर इन्टरनेशनल नेपालले पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।

हेफर इन्टरनेशनल नेपालको सहयोग, बिवाइसी बागलुङको ब्यवस्थापन र काठेखोला ४ तंग्रामका दुईवटा सहकारी संस्था, सप्तरंगी सामाजिक उद्यमी महिला सहकारी संस्था लि. र बसन्त सामाजिक उद्यमी महिला सहकारी संस्था लि.को सहकार्यमा सोमबार उक्त रकम हस्तान्तरण गरिएको हो । उक्त रकमको चेक काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्कीलाई बिवाइसी बागलुङका अध्यक्ष मणिभद्र शर्मा, कार्यक्रम संयोजक चुडामणी उपाध्याय, सप्तरंगी सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष थम कुमारी श्रीस र सिनियर सहजकर्ता रिता शर्माले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।

उक्त रकम ग्रहणपछि बोल्दै काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुर्ण बहादुर कार्कीले गाउँपालिकामा संक्रमितहरुको संख्या निकै बढेको र कोरोना भाइरसको संक्रमणलाई रोकथाम, नियन्त्रण र ब्यवस्थापनमा रकमले सहयोग पुग्ने बताउदै हेफर इन्टननेश्नल नेपाल, विवाइसी, बागलुङ र सप्तरंगी र बसन्त सामाजिक उद्यमी महिला सहकारी संस्थालाई धन्यबाद दिनुभएको थियो ।

 

सिंगो बिश्वभरी नै निकै महामारीको रुपमा फैलिरहेको कोभिड १९ कोरोना भाइरसको संक्रमण काठेखोला गाउँपालिका भित्र पनि तिब्र रुपमा बढिरहेकोले उक्त संक्रमणलाई केही रुपमा भएपनि राहत होस भन्ने उदेश्यले उक्त रकम हस्तान्तरण गरिएको बिवाईसी बागलुङका अध्यक्ष मणिभद्र शर्माले बताउनुभयो । कार्यक्रममा काठेखोला गाउँपालिकाका कार्यपालिका सदस्य एवम सार्वजनिक सेवा तथा क्षमता विकास समितिका संयोजक टिका संगम बि.क.ले धन्यबाद मन्तब्य र सप्तरंगी सामाजिक उद्यमी महिला सहकारी संस्था लि.काठेखोला ४ तंग्रामका अध्यक्ष थम कुमारी श्रीसले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

विवाइसी बागलुङका अध्यक्ष मणिभद्र शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन कार्यक्रम संयोजक चुडामणि उपाध्यायले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here