बागलुङ, १९ पुस । नेपाल पत्रकार महासंघ बागलुङ शाखामा आधुनिक सूचना केन्द्रको स्थापना गरिएको छ ।

प्रभु बैंक लिमिटेडको आर्थिक सहयोगमा महासंघको भवनमा स्थापना गरिएको आधुनिक सूचना केन्द्रको आईतबार प्रभु बैंक लिमिटेडका सिईओ अशोक शेरचनले उद्घाटन गरेका छन् ।

प्रभु बैंकको पाँच लाख भन्दा बढीको लागतमा आधुनिक सूचना केन्द्रको स्थापना गरिएको नेपाल पत्रकार महासंघ बागलुङ शाखाका कोषाध्यक्ष विजय रानाले बताए । उनले सूचना केन्द्रमा १० ओटा कम्प्युटर जडान गरिएको बताए ।

बागलुङमा बसेर केन्द्रिय मिडियाहरु काम गर्ने पत्रकारहरुलाई समाचार लेख्न सहजता प्रदान गर्न र नागरिकहरुलाई पनि नयाँ नयाँ सूचनाहरुको खोजी गर्न सहजता प्रदान गर्न आधुनिक सूचना केन्द्रको स्थापना गरिएको नेपाल पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष दिल शिरिषले बताए । उनले अहिले पत्रकारहरुका लागि मात्र खुल्ला गरिएपनि चाडै नै नागरिकहरुका लागि पनि सूचना केन्द्रमा आउन खुल्ला गरिने बताए ।

अध्यक्ष शिरिषले सूचना केन्द्रबाट नयाँ जानकारी लिन र इन्टरनेटको काम गर्नको लागि सवैलाई सहजता हुने बताए । उनले सूचना केन्द्रमा इलाइब्रेरिको तयारी पनि गरिएको बताए । ‘अहिले इन्टरनेट जडान गरि समाचार लेख्नको लागि र इन्टरनेटको काम गर्नको लागि कम्प्युटर जडान गरिएको छ,’ अध्यक्ष शिरिषले भने–‘हामीले यसलाई इलाइब्रेरिको रुपमा विकास गर्ने योजना अनुसार चाडै नै किताबहरु पनि पढ्नको लागि उपलब्ध गराइने छ ।’

प्रभु बैंकका सिइओ शेरचनले सूचना केन्द्रमा नागरिकहरुलाई पनि खुल्ला गरि अध्ययन गराएर सकरात्मक सोचको विकास गर्न सहजता पु¥याउने आफुहरुको लक्ष रहेको बताए । उनले भविश्यमा पनि आफुहरुले सहयोग गर्ने र फिजिकल रुपमा अध्ययन गर्नको लागि राष्ट्रिय, अन्तराष्ट्रिय पुस्तकहरु उपलब्ध गराउने बताए ।

उनले बागलुङ जिल्लाको बुत्तिबाङ, गल्कोट र कुश्मिसेरामा समेत सूचना केन्द्र स्थापनाको लागि आफुहरुले सहयोग गर्न तयार रहेकोले त्यसको लागि पत्रकार महासंघले सहजिकरण गरिदिनको लागि अनुरोध गरेका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी र राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्र श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 

पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा कोषाध्यक्ष विजय रानाले स्वागत मन्तव्य र सचिव राम थापा अविरलले संचालन गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here