आदर्श सञ्चार सहकारी संस्थाका १४ औं वार्षिक साधारण सभा सम्पन्न

बागलुङ, २७ मंसिर । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १४ औं बार्षिक साधारण सभा तथा १५ औं स्थापना दिवस शनिबार बागलुङ बजारमा सम्पन्न भएको छ । मंसिर २० गतेबाट सुरु भएको एकाईगत साधारण सभाबाट चयन भएका प्रतिनिधीहरुको एकाई सभा शनिबार बागलुङ बजारमा सम्पन्न भएको हो ।

साधारण सभालाई सम्बोधन गर्दै जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले सहकारीहरु बचत तथा ऋणमा मात्र केन्द्रित नभएर उत्पादनमा जोड दिनुपर्ने बताउँनुभएको थियो । उहाँले एक व्यक्ति एक सहकारीको अवधारणा अगाडी बढिरहेको समयमा सदस्यहरुको रोजाइको सहकारी बन्नको लागि आफुलाई अब्बल प्रमाणीत गर्नुपर्ने समय आएको बताउनुभएको थियो ।

गौतमले आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले जिल्ला र प्रदेशमा मात्र नभएर देशमै सञ्चार सहकारीको अग्रणी स्थानमा आफुलाई स्थापित गर्न सफल भएको भन्दै शेयर सदस्यको मात्र नभएर आम जनताको समेत मन जित्न सफल भएको बताउँनुभएको थियो ।

साधारण सभामा बोल्दै आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङका सल्लाहकार डिल बहादुर कार्कीले आदर्श सञ्चार सहकारी संस्थाले बचत ऋण र सञ्चार क्षेत्रमा मात्र नभएर सदस्यको जीवनस्तर बदल्नमा समेत भुमिका खेलिरहेको बताउनुको थियो ।

साधारण सभामा ओम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुद्र बहादुर महत, आदर्श सञ्चार सहकारी संस्थाका जेष्ठ शेयर सदस्य देबबहादुर श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङका सचिव राम थापा अविरल लगाएतले बोल्नुभएको थियो ।

साधारण सभामा आर्थिक वर्ष २०७६÷७७ मा सर्वाेत्कृष्ट कारोबार गर्ने संस्थाका शेयर सदस्य कमल प्रसाद श्रेष्ठ, शंकर पाण्डे र कमल लामिछानेलाई सम्मान गरिएको छ । त्यसैगरी सबैभन्दा धेरै शेयर सदस्य बनाउँने सञ्चालक समितिको तर्फबाट अम्बिका जि.सी, उप–समितिको तर्फबाट बरेङ गाउँपालिका संयोजक जयराम शर्मा, शेयर सदस्यको तर्फबाट सुरेश प्रसाद श्रेष्ठ र कर्मचारीको तर्फबाट रुपा ढकाललाई सम्मान गरिएको थियो । यसवर्ष सहकारीले उत्कृष्ट जोडिको रुपमा शेयर सदस्य बाबुराम लम्साल र कृष्ण कुमारी लम्साल, उत्कृष्ट परिवारको तर्फबाट शेयर सदस्य चम्फा कुमारी क्षत्री, शक्तिबहादुर घर्ती क्षत्री, सागर जिसी र रेश्मा जिसीको परिवार, दिर्घकालिन बचत तर्फ चेतराम गोतामे, दिर्घकालिन बाल बचत तर्फ सोनिया जिसी, उत्कृष्ट ऋणीको रुपमा संगिता पुनलाई सम्मान गरेको छ ।

साधारण सभामा २१ जना जेष्ठ शेयर सदस्यलाई मासिक २ सयका दरले जनही २ हजार ४ सय रुपैयाँ पेन्सन वितरण गरिएको थियो । जेष्ठ शेयर सदस्य कर्णबहादुर कार्की, मती कार्की, हरिमाया श्रेष्ठ, रनबहादुर जिसी, नन्दकली जि.सी, देउकला थापा, पूर्णबहादुर कार्की, प्रेम छोटा, देबबहादुर श्रेष्ठ, हर्कबहादुर खत्री, सिन्दुर कुमारी श्रेष्ठ, जित बहादुर थापा, विश्वनाथ रेग्मी, मैना घर्ती क्षत्री, जुद्धराज पराजुली, जनकुमारी कार्की, इश्वरी प्रसाद गौतम, मिनाकुमारी पराजुली, कुल बहादुर राना मगर, काजी रोशन र तुलबहादुर केसीलाई पेन्सन वितरण गरिएको थियो ।

सहकारीले शेयर सदस्य ममता कार्की, विना खत्री, सन्तोष पौडेल र ढालेन्द्र क्षत्रीलाई १ हजार रुपैयाँका दरले अपाङगता भत्ता वितरण गरेको छ ।

एकाई प्रतिनिधीहरुको सभाबाट आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको विधान संशोधन सहित सचिव ललिता थापाको प्रगती प्रतिवेदन, कोषाध्यक्ष पूर्णबहादुर कार्कीको आर्थिक प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक थानेन्द्र प्रसाद गौतमको लेखा समितिको प्रतिवेदन पारित गरिएको छ । संस्थाका सम्पादक रामबहादुर जिसीले संस्थाको रणनीतिक योजना र सदस्यहरुको भुमिका, विभिन्न एकाईमा गरिएको साधारण सभाको निश्कर्ष सभामा प्रस्तुत गर्नुभएको थियो ।

संस्थाका कार्यकारी सम्पादक दिल शिरीषले आदर्श सञ्चार सहकारी संस्थाले हरेक वर्ष प्रदान गर्दै आएको आदर्श सम्मान यस वर्ष कलाकार तथा सर्जक प्रकाश सुपतलाई प्रदान गरिने सम्मानको घोषणा गर्नुभएको थियो । शिरीषले आदर्श सञ्चार सहकारी संस्थाका सह–सम्पादक सिर्जना पन्त र पूर्व सञ्चालक सन्तोष क्षत्रीले विवाह खर्च कटाएर स्थापना गरेको सिर्जनशिल पत्रकारीता पुरस्कार यस वर्ष मुस्ताङका पत्रकार एशके थकालीलाई प्रदान गरिने घोषणा गर्नुभएको थियो ।

संस्थामा अहिले २ हजार ३ सय जना शेयर सदस्य, ४ करोड ७० लाख शेयर पूँजि, ३३ करोड निक्षेप र २९ करोड कर्जा लगानी रहेकोे आदर्श सञ्चार सहकारी संस्थाका प्रबन्धक दिपकराज सापकोटाले बताउनुभयो ।

स्थापना दिवस तथा एकाई प्रतिनिधीहरुको सभा संस्थाका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु)को अध्यक्षता, ओम बचत तथा ऋण सहकारी संस्थाका सचिव केवी शाहीको स्वागत तथा आदर्श सञ्चार सहकारी संस्थाका सह–सम्पादक सिर्जना पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here