
बागलुङ, २२ असोज । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोग लागेका व्यक्तिलाई बीमा दाबी भुक्तानी गरेको छ ।
गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ६ घर भई बागलुङ नगरपालिका वडा नम्बर ३ गुठी बस्ने कमलबहादुर थापालाई इन्स्योरेन्स कम्पनीले बुधबार बीमा दावी रकम भुक्तानी गरेको हो ।
२ लाखको १६ बर्षे बीमा गरेका थापाले पहिलो किस्ता बापद १२ हजार रुपैयाँ मात्र भुक्तानी गरेकाले घातक रोग दाबी रकम बापत २ लाख रुपैयाँ भुक्तानी गरेको रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बागलुङ शाखाका शाखा प्रमुख प्रेमप्रसाद पौडेल (नारायण)ले बताउनुभयो । रोग लागेर अपरेशन मार्फत निको भइ फर्केपछि थापालाई बुधबार बागलुङ नगरपालिका वडा नम्बर ३ की वडाअध्यक्ष लक्ष्मी बास्कोटाले बीमा दाबी रकमको चेक हस्तान्तरण गर्नुभएको थियो ।
चेक हस्तान्तरण पछि बोल्दै वडाअध्यक्ष लक्ष्मी बास्कोटाले बीमाले मानिसको जीवनमा फाइदा पुगेको बताउनुभयो । उहाँले रोग विरुद्ध लड्न र मृत्यु भएमा परिवारको सुरक्षाका लागि बीमाले ठूलो साथ दिएको बताउनुभयो ।
इन्स्योरेन्स कम्पनी बागलुङ शाखाका शाखा प्रमुख पौडेलले थापालाई अहिले २ लाख रुपैयाँ उपचारको लागि बीमा दावी भुक्तानी गरिएपनि उहाँको को बीमालेख जारि रहेको बताउनुभयो । उहाँले थापाले १६ बर्षपछि २ लाख रुपैयाँको बीमाको बोनस सहित प्राप्त गर्ने बताउनुभयो ।
बीमा दावी रकम हस्तान्तरण कार्यक्रमको संचालन शाखा प्रमुख पौडेलले गर्नुभएको थियो ।

