
बागलुङ, १९ असोज । बागलुङको एक सहकारीले जिल्लाका बाढी पिडितको लागी साढे पाच लाख भन्दा वढी नगद सहयोग गरेको छ ।
बागलुङको सिवाईसी वचत तथा ऋण सहकारी सस्थाले सहकारीका संचालक, शेयर सदस्य र विभिन्न अभियान वाट शंकलन गरिएको ५ लाख ६१ हजार नगद रकम हस्तान्तरण गरेको हो ।
गत भाद्र १७ गते रातिको बाढीका कारण ढोरपाटन नगरपालिका ६,८ र ९ मा ज्यान गुमाएका, वेपत्ता बनेका र घरबास बाढिले बगाएपछि समस्यामा परेका पीडित परिवारको दुखमा थोरै भए पनि राहत मिलोस भन्ने उद्देश्यले सहयोग गरेको सहकारीका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलले वताए ।
बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर ६,८र ९ का २२ जना मृतकका परिवारलाई ६ हजारका दरले १ लाख ३२ हजार पुर्ण रुपमा घर क्षती भएका ५५ जनालाई ५ हजारको दरले २ लाख ७५ हजार नगद सहयोग गरिको छ ।
त्यस्तै निसिखोला गाउँपालिकामा ५ मृतक परिवारलाई ६ हजारका दरले राहत रकम वितरण गरिएको थियो । सहकारीले दुखको घडिमा सहयोग गरी मानवता प्रस्तुत गरेको निसिखोला गाउपालिकाका अध्यक्ष तारानाथ पौडेलले वताए ।
सहकारीले जैमुनि नगरपालिकाका ७, बडिगाड गाउपालिकाका २ ढोरपाटन र नगरपालिकाका गल्कोट नगरपालिका, तमानखोला गाउँपालिका,काठेखोला खोला गाउँपालिका एक/एक घरपरिवार लाई ६ हजारका दरले नगद सहयोग गरेको छ ।
सहकारीले संचालन गरेको राहत शंकलन अभियानमा शेयर सदस्य, देश विदेशमा रहेका विभिन्न व्यक्तिहरुले सहयोग गरेका थिए । त्यस्तै अभियानमा काठमाण्डौ जिल्ला वचत सहकारी संघले बागलुङ जिल्ला वचत संघ मार्फत २० हजार रकम सहयोग गरेको थियो ।
बागलुङको ढोरपानट र निसीखोला गाउपालिकाको राहत रकम वितरण कार्यक्रममा सिवाइसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चन्द्री प्रसाद शर्मा ,सस्थाकी उपाध्यक्ष गण्डकी थापा अधिकारी, सचीव जयराम भारी, सह–सचीव सुवास आचार्य, सदस्य मेषलाल शर्मा, हर्क पाण्डे, बिष्णु पन्त,संस्थाका लेखा समिति सदस्य हरि प्रसाद पौडेल, सिवाइसी साकोस वुतिवाङ सदस्य सेवाकेन्द्र प्रबन्धक सम्मर थापा लगायतको उपस्थितमा राहत रकम हस्तान्तरण गरिएको थियो ।



