बागलुङ, १२ असोज । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय बागलुङले मृत्तकका परिवारलाई बीमा दाबी भुक्तानी गरेको छ ।

कम्पनीले काठेखोला गाउँपालिका–७ रेशका मृत्तक गगन गुरुङको परिवारलाई सोमबार उक्त बीमा दावी रकम भुक्तानी गरेको हो ।

उक्त दावी भुक्तानी काठेखोला गाउँपालिका वडा नम्बर ७ रेशका वडाअध्यक्ष प्रेम लामिछानेले मृत्तककी श्रीमती आनन्द देवीलाई ५ लाख २५ हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको थियो ।

गत २०७६ फागुन १२ गते मृत्यु भएका गुरुङले गत वर्ष यूनियन लाइफ इन्स्योरेन्समा पहिलो किस्ता बापतको २६ हजार ५ सय ९८ रुपैयाँ तिरेको कम्पनीका प्रादेशिक उपप्रमुख बलराम गौतमले जानकारी दिनुभयो । उहाँले मृत्तक गुरुङले ५ लाखको बीमा गरेको र पहिलो किस्ता बुझाएकोले सोहि अनुसार ५ लाख २५ हजार रुपैयाँ भुक्तानी गरिएको बताउनुभयो ।
कम्पनीले कोरोना महामारीको कारण घरपरिवारले प्रक्रिया पुरा गर्न ढिला गरेकोले आज बीमा दाबी भुक्तानी गरेको जनाएको छ ।

यूनियन लाईफ इन्स्योरेन्स कम्पनीका शाखा प्रमुख कमल सापकोटाको अध्यक्षतामा सम्पन्न भएको बीमा दावी हस्तान्तरण कार्यक्रममा काठेखोला गाउँपालिका–७ रेशका वडाअध्यक्ष प्रेम लामिछाने, कम्पनीका प्रादेशिक उपप्रमुख बलराम गौतम, रेश नुन्थला माध्यमिक विद्यालयका प्रधानाध्यापक ओमबहादुर थापा शिक्षक हरि बहादुर कुँवरले मन्तव्य व्यक्त गर्नुभएको थियोभने एजेन्सी म्यानेजर भूमिराज शर्माले स्वागत र एजेन्सी म्यानेजर प्रकाश कुँवरले संचालन गर्नुभएको थियो ।

यूनियन लाईफ इन्स्योरेश कम्पनी बागलुङमा हालसम्म १२ सय ७६ जनाले बीमा गरेको बागलुङ शाखा प्रमुख कमल सापकोटाले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here