पहिरोमा परि ज्यान गुमाएका खातीका परिवारलाई युवा संघ र अनेरास्ववियूको सहयोग

बागलुङ, ११ असोज ।
राष्ट्रिय युवा संघ बागलुङ र अनेरास्ववियू बागलुङले बाढी पहिरोबाट ज्यान गुमाएका पीडित परिवारलाई राहत वितरण गरेको छ ।

गत असोज ७ गते अविरल वर्षा सहित आएको बाढी पहिरोले पुरिएर ज्यान गुमाएका काठेखोला गाउँपालिका–२ भीमापोखराका टेकबहादुर खातीको परिवारलाई युवा संघ र अनेरास्ववियू बागलुङले संयुक्त रुपमा आईतबार ५ हजार रुपैयाँ राहत रकम हस्तान्तरण गरेको हो । राष्ट्रिय युवा संघ काठेखोलाका संयोजक खडक विक, अनेरास्ववियू विद्यार्थी नेता इश्वर गौतम, सुनिल पौडेल र अनिल शर्मा लगायतका स्थानिय युवाहरुले पीडित परिवारका कान्छा बुबा इन्द्रबहादुर खातीलाई उक्त रकम हस्तान्तरण गरेका थिए ।

गोठमा भैसीलाई घाँसपात गर्न गएको बेला असोज ७ गते अविरल वर्षा सहित आएको बाढी पहिरोले गोठ भत्किदा खाती बेपत्ता हुनुभएको थियो । असोज ८ गते स्थानिय, नेपाल प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरि उहाँको शब निकालेको थियो ।

दुःखमा बेला पीडित परिवारलाई थोरै भएपनि राहत होस् भन्ने हेतुले गरिएको अनेरास्ववियूका विद्यार्थी नेता इश्वर गौतमले जानकारी दिए ।

युवा संघ र अनेरास्ववियू बागलुङले यस अगाडी ढोरपाटन र जैमिनीका बाढी पहिरो पीडित परिवारलाई राहत वितरण गरेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here