
सुवास आचार्य
बागलुङ, १० असोज । बागलुङको सिवाइसी वचत तथा ऋण सहकारीले आफ्ना शेयर सदस्यलाई डिस्काउन्ट कार्ड वितरण गर्ने भएको छ ।
सहकारीले आफ्ना शेयर सदस्यलाई आधुनिक वित्तीय सेवा प्रदान गर्ने उद्देश्य अनुरुप डिस्काउन्ट काड जारी गर्ने तयारी गरेको हो । सहकारीले व्यवसायी सदस्यहरुबीच अन्य सदस्यलाई छुट सुविधा प्रदान गर्ने विषयमा अन्र्तक्रिया गरी डिस्काउन्ट कार्ड जारी गर्ने सहमति भएको छ । अन्र्तक्रियामा सहभागी व्यवासायीले सहकारीको अभियानमा आफुहरुले सहयोग गर्ने वताएका छन । व्यवसायी सदस्यको व्यापार प्रर्वदन र अन्य सदस्यहरुलाई सौलियत प्रदान गर्ने उदेश्यले डिस्काउन्ट कार्डको अवधारण ल्याएको सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले वताए ।
शेयर सदस्य, सदस्यका परिवार र कर्मचारीलाई थप सुविधा प्रदान गर्न डिस्काउन्ट कार्ड वितरण गर्ने जनाएको छ । डिस्काउन्ट कार्डबाट बागलुङ वजारका विभिन्न औषधी पसल , होटेल तथा रेष्ट्र्रेन्ट ,खाद्यान्न पसल ,टेलरिङ सेन्टरमा छुट प्राप्त गर्न सकिने छ ।
सहकारीको शेयर सदस्य रहेका व्यवसायीको सुचिकृत गरी उनिहरु संग सम्झौता अन्य शेयर सदस्यलाई ५ देखी २० प्रतिशत सम्म छुट सुविधान दिने तयारी थालेको छ ।
सहकारीका शेयर सदस्यले परिचय पत्रको आधारमा सहकारीले सम्झौता गरेका पसाल हरुमा छुट सेवा लिन पाउने सहकारीका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले वताए ।

