२४ घण्टामा प्याजको दुई गुणाले मूल्यवृद्धि

भैरहवा, १ असोज । भारतले प्याज निर्यातमा रोक लगाएसँगै व्यापारीले कालोबजारी सुरु गरेका छन् । भारतले गत वर्षको असोज महिनामा पनि प्याज निर्यातमा रोक लगाएको थियो ।

भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत पूर्णप्रसाद लम्सालले सोमबारसम्म प्याज आयात भए पनि मंगलबारदेखि भारतबाट प्याजका गाडी नआएको बताए । उनका अनुसार यस नाकाबाट दैनिक १२-१५ वटा प्याजका गाडी भित्रिने गरेका थिए ।

भारतबाट प्याज आयात रोकिएपछि करिब दुई हप्ताअघि ३५ रुपैयाँ प्रतिकिलो रहेको प्याज व्यापारीले बुधबार बिहानसम्म प्रतिकिलो १ सय २० रुपैयाँसम्म पु¥याए । यो मूल्य अझै बढ्ने सम्भावना छ । भारतले निर्यातमा रोक लगाएसँगै व्यापारीले २४ घण्टाभित्र प्याजको मूल्य दुई गुणले बढाएका हुन् ।

कृत्रिम अभाव गराएर व्यापारीले प्याजमा कालोबजारी गरिरहेको उपभोक्ताहरू बताउँछन् ।

‘एक–दुई दिनभित्र प्याज छोइनसक्नु भएको छ’, ओमसतिया गाउँपालिकाका स्थानीय अच्युत आचार्यले भने, ‘यस्तो महामारीमा पनि कालोबजारी गर्ने व्यापारीलाई तत्काल कारवाही गर्नुपर्छ ।’

यस क्षेत्रका व्यापारीले पुरानै स्टकको प्याजमा आफूखुसी मूल्य बढाएका हुन् ।

स्थानीय खुद्रा व्यापारीका अनुसार दुई हप्तामा प्याजको प्रतिकिलो मूल्य क्रमशः ३५, ५०, ६०, ७० देखि ह्वात्तै १ सय २० रुपैयाँसम्म पुगेको छ।  यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सलमान खानले लेखेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here