
बागलुङ, २७ भदौ ।
जिल्लाको पश्चिम क्षेत्रको बाढी पहिरो प्रभावित क्षेत्रमा नेपाली काँग्रेस बागलुङका नेताहरु राहत लिएर पिडितको समक्ष पुगेका छन । भदौ १७ गते ढोरपाटन नगरपालिका–९ भुजीखोलामा आएको बाढिबाट प्रभावित क्षेत्र र केही समय पहिले तमानखोला र निसीखोलामा पहिरोबाट प्रभावित बनाएको क्षेत्रमा राहत बोकेर पुगेका हुन ।
काँग्रेस बागलुङका निवर्तमान उपसभापति जगदिशचन्द्र उपाध्यायको नेतृत्वमा निवर्तमान सभापति एवं संविधान सभा सदस्य प्रकाश शर्मा पौडेल सहितको टोलीले ढोरपाटनका बाढि पिडितको साथमा निसी र तमानका पहिरो पिडितलाई पनि राहत रकम हस्तान्तरण गरेको छ ।
स्थानिय जनप्रतिनिधि र काँग्रेसका नेताहरुको रोहबरमा यस क्षेत्रमा बाढि र पहिरोबाट पिडित ४४ घर परिवारलाई ३ लाख रुपैयाँ हस्तान्तरण गरिएको काँग्रेस बागलुङका नेता जगदिशचन्द्र उपाध्यायले जानकारी दिए ।
उक्त राहत रकम मध्ये ५६ हजार रुपैयाँ जनकल्याणकारी संस्था जापानका अध्यक्ष अर्जुन कंडेल, सह कोषाध्यक्ष पिन्सेस खरलले जापानमा संकलन गरेर पठाएका थिए । बाँकी अन्य रकम काँग्रेस नेता उपाध्यायले अन्य क्षेत्रबाट संकलन गरेर नगदै बोकेर पुगेका थिए ।
पिडितका लागि तत्काल भए पनि केही राहत पु¥याउने उद्देश्यले सानो रकम लिएर बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेको उपाध्यायले बताए । “अहिले बाढि पिडितका लागि धेरै रकम र राहत सामाग्री आएको छ । सडक अवरुद्ध भएका कारण उनिहरुलाई उक्त राहत पुग्न सकेको छैन । उपाध्यायले भने,–‘भुजीखोला क्षेत्रको अवस्था एकदमै दर्दानाक छ । पिडितका लागि विभिन्न संस्थाबाट राहत आएको छ । तर त्यो नगरपालिकाकै गोदाम थुप्रिएको छ । हामी त्यहाँ पुग्दा पिडितको एउटै आवाज सुनिन्छ की हामीसँग न पकाउने भाँडा त छ । खाने अन्न छैन ।” उनले नगरपालिकाले एकद्धार प्रणाली गरेर बुर्तिबाङमै खाद्यन्न थुप्राउनु भन्दा तत्काल केही बैकल्पिक व्यवस्था गरेर पडिति परिवार समक्ष राहत पु¥याउनुपर्ने र तत्कालका लागि अस्थायी भए पनि बसोबासका लागि व्यवस्था गर्नुपर्ने देखिएको बताए ।
राहत लिएर उपाध्यायको साथमा नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष उमाकान्त पौडेल, जिपि फाउण्डेशन बागलुङ अध्यक्ष महेन्द्र प्रसाद कंडेल र स्थानिय जनप्रतिनिधि बाढी तथा पहिरोले प्रभावित क्षेत्रमा पुगेका थिए । उनिहरुले स्थानिय जनप्रतिनिधिकै रोहबरमा राहत वितरण गरेका छन । नेता उपाध्याले केही दिनमा जिल्लाको काठेखोला र जैमीनीका पहिरोपिडितका लागि पनि राहत उपललब्ध गराउने बताए ।
ढोरपाटनका बाढी पिडितका लागि राहत संकलन र वितरण एकद्धार बनाउने भनेर सोमबार नेपाल रेडक्रस सोसाईटीले राहत बोकेर गएको गाडीलाई केही क्षण रोकिएको थियो । पछि पुन उक्त राहत बाढी प्रभावित क्षेत्रमा पु¥याईएको छ ।
गत भदौ १७ गतेको भुजीखोलाको बाढिले हाल सम्म मृत्यु हुनेको संख्या २१ पुगेको छ । भने बाढीले १७ जना अझै बेपत्ता भएका छन । भूजिखोलामा खसेको पहिरोका कारण आएको बाढीले ढोरपाटनका ८० घर बगाएको थियो । बाढीले भूजीखोलामा पर्ने ११ वटा विद्युत गृह र नहर बगाउँदा ढोरपाटनका तीन वडा अन्धकार बनेको छ । बाढीले बुर्तिबाङ–ढोरपाटन सडक समेत बगाउँदा यातायात समेत ठप्प भएको छ । यसले गर्दा राहात सामग्री समेत पु¥याउन कठिन परेको छ ।
बाढीले ढोरपाटन ९ स्थित लाकुरीबोट स्वास्थ्य चौकीको भवन, जनचेतना प्राविको ४ कोठे भवन, सरस्वती प्राविको २ कोठे भवन, भुजीखोला लघु जलबिधुत आयोजनाको ५ वटा शाखा मध्ये ४ वटा भवन, सडक छेउमा पार्किङ गरेर राखेको जीप पनि बगाएको प्रहरीले जनाएको छ ।


