ढोरपाटनका बाढी पीडितलाई नेकपा बागलुङको १९ लाख ५८ हजार सहयोग

बागलुङ, २५ भदौ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले ढोरपाटन नगरपालिका–९ र ८ का बाढी पीडितहरुलाई १९ लाख ५८ हजार बढी राहत रकम सहयोग गरेको छ ।

नेकपा बागलुङले नेता र कार्यकर्ताबाट स्वस्फुर्त संकलन भएको १९ लाख ५८ हजार ७ सय ५६ रुपैयाँ बिहिबार ढोरपाटन नगरपालिकाले बाढी पीडितहरुको लागि स्थापना गरेको दैविक प्रकोप राहत कोषमा जम्मा गरेको हो । उक्त रकम नेकपा गण्डकी प्रदेश कमिटि सचिव गोविन्द नेपाली, बागलुङ जिल्ला इन्चार्ज बलावती शर्मा, जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटा सहितको टोलीले राहत रकमको चेक ढोरपाटन नगरपालिकाका नगरप्रमुखलाई हस्तान्तरण गरेको हो ।

उक्त रकम हस्तान्तरण पछि बोल्दै जिल्ला इन्चार्ज बलावती शर्माले पीडितहरुलाई राहत पुग्ने विश्वासका साथ नेता र कार्यकर्ताबाट संकलन गरिएको रकम संकलन गरिएको बताउनुभयो ।

नेकपा बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले जिल्ला पार्टी कार्यालयबाट २ लाख ८ हजार, ढोरपाटन नगर कमिटीबाट ४ लाख ४३ हजार ७ सय, गल्कोट नगर कमिटीबाट ३ लाख ९२ हजार १ सय ७६ रुपैयाँ, युवा विद्यार्थीबाट २ लाख ३५ हजार ५ सय, काठेखोला गाउँ कमिटीबाट १ लाख ६१ हजार, बागलुङ नगर कमिटीबाट १ लाख ५० हजार, बडिगाड गाउँ कमिटीबाट ८४ हजार ५ सय ७५ रुपैयाँ, अखिल नेपाल महिला संघबाट ८२ हजार १ सय ८५ रुपैयाँ, उद्योग व्यवसायीबाट ५० हजार रुपैयाँ, जैमिनी नगर कमिटीबाट ३० हजार, प्राध्यापक कर्मचारीबाट २६ हजार ५ सय, १२ ताराखोला गाउँ कमिटीबाट २५ हजार, बरेङ गाउँ कमिटीबाट २५ हजार, निसीखोला गाउँ कमिटीबाट २५ हजार, तमानखोला गाउँ कमिटीबाट २० हजार र मुक्ति समाजबाट ५ हजार २० रुपैयाँ गरि १९ लाख ५८ हजार ७ सय ५६ रुपैयाँ सहयोग संकलन भएकोले उक्त रकम सहयोग गरिएको बताउनुभयो ।

बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोवाङ्गमा भदौ १७ गते आएको बाढीले बस्ती बगाउँदा बिहिबार दिउँसो सम्म २१ जनाको मृत्यु भएको छ । अझै १७ जना बेपत्ता छन् ।

बाढीले ढोरपाटन नगरपालिका–९ मा ७३ घर पूर्ण रुपमा बगाउँदा ४ सय ४६ जना विस्तापित भएका छनभने वडा नम्बर ८ को १० घर बगाउँदा ७२ जना विस्थापित भएका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here