उत्तरी म्याग्दीका बाढीपहिरो पीडितलाई म्याग्दी समाज न्यूर्योकको साढे २ लाखभन्दा बढी सहयोग

म्याग्दी, १६ भदौ ।
उत्तरी म्याग्दीका बाढीपहिरो पीडितलाई म्याग्दी समाज न्यूर्योक अमेरिकाले २ लाख ५० हजारभन्दा बढी आर्थिक सहयोग गरेको छ ।

अन्नपूर्ण गाउँपालिका–३ दानाको फगाममा आयोजित कार्यक्रममा बाढी पहिरोका कारण दानाको फगाम, काभ्रे, नारच्याङ लगायत गाउँपालिका भित्रका १९ घरधुरीलाई २ लाख २५ हजार, बाढीमा बेपत्ता र मृतक दुईजना लाई २० हजार र एक घाईतेलाई १० हजार हस्तान्तरण गरिएको हो । बाढीपहिरोले क्षतविक्षत भएका गाउँवस्तीका बासिन्दालाई लक्षित गरीे संकलन गरेको आर्थिक गाउँपालिका अध्यक्ष डमबहादुर पुनमार्फत पीडितलाई हस्तान्तरण गर्नुभएको थियो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पुनले कोरोनाको जोखिमको बाबजुत जन्मभूमिका बाढीपहिरोले विस्थापित भएकालाई आर्थिक सहयोग जुटाएर अमेरिकामा रहेका म्याग्देलीले पीडितको मन जित्न सफल भएको बताउनुभयो ।

‘पीडितको हातमै पुगेको सहयोगको सदुपयोग गर्नुहोला, ‘भविस्यमा पनि समाजसँग मिलेर अन्नपूर्णभित्र विभिन्न काम गर्नेछौ’ अध्यक्ष पुनले भन्नुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा दानाका वडा अध्यक्ष नरसिंह बहादुर पूर्जा, नारच्याङका वडा अध्यक्ष चन्द्रप्रसाद फगामी, दानाका समाजसेवी बेलबहादुर पूर्जा, जिसस सदस्य मेखबहादुर गर्बुजा, दानका वडा सदस्य, स्थानीय अगुवाहरूको उपस्थिती रहेको थियो ।

पहिरोले तल्लो फगाम गाउँ नै विस्थापित भएको अवस्थामा गाउँपालिकाले उपलब्ध गराएको विवरण अनुसार क्षती पुगेको घरलाई प्रति घरधुरी १० हजार सहयोग गरिएको समाजले जनाएको छ । सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन पत्रकार हरिकृष्ण गौतम, ब्यवस्थापनमा रेशमबहादुर पुनले सघाउनु भएको थियो ।

समाजले बाढीपहिरो पीडितको राहतका लागि उपाध्यक्ष रमेश तुलाचनको संयोजक र मन प्रसाद रोका सहसंयोजक रहेको राहत संकलन समिति समेत गठन गरिएको थियो । समाजले पश्चिम म्याग्दीको मंगला, मालिका, धवलागिरीका बाढीपहिरो पीडित, मृतक घाईते र सुत्केरीलाई वितरण गरिएको छ भने रघुगंगा गाउँपालिका ३ जना मृतकलाई सहयोग हस्तान्तरण गर्न बाँकी रहेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here