फेरि बढ्यो सुनको मूल्य

काठमाडौं, ३० साउन ।
सुनको मूल्य शुक्रबार पनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाला सुनको मूल्य तोलामा ९७ हजार ८ सय रुपेयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य तोलामा पनि ८ सय रुपैयाँले बढेर ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य तोलामा १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here