रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा एजेन्सी म्यानेजर सम्मानित

बागलुङ, २५ साउन ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स बागलुङ शाखाले एजेन्सी म्यानेजरहरुलाई सम्मानित गरेको छ ।

इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/०७७ मा उत्कृष्ट कार्य गरेको भन्दै शुक्रबार बागलुङका १८ जना एजेन्सी म्यानेजरहरुलाई सम्मानित गरिएको बागलुङ शाखा प्रमुख प्रेमप्रसाद पौडेल (नारायण)ले जानकारी दिए ।

सम्मानित कार्यक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका गण्डकी प्रदेश प्रमुख सरोज अधिकारीले इन्स्योरेन्समा अभिकर्ताको महत्वपूर्ण भूमिका रहेको बताएका थिए । उनले अभिकर्ताहरुले बीमा व्यवसायमा मात्र नभई समग्र देशको अर्थतन्त्रमा नै ठूलो योगदान दिएको बताए ।

यस्तै लेखनाथ शाखा प्रमुख विष्णुहरि अधिकारीले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अरु कम्पनीको भन्दा फरक सुविधा दिने भएकाले विमा गर्न र गराउन अनुरोध गरेका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here