बागलुङमा सुनको भाउ एक लाख तीन हजार पाँच सय पुग्यो

बागलुङ, २२ साउन ।
अघिल्लो दिनको तुलनामा प्रतितोला ११ सय रुपैयाँले बढेर सुनको भाउँमा ऐतिहासिक रेकर्ड कायम भएको छ ।

बागलुङ सुनचाँदी व्यवसायी संघले बिहीबारका लागि सुनको कारोबार प्रतितोला मुल्य एक लाख तीन हजार पाँच सय रुपैयाँ तोकेको छ । एक तोला सुनको यो मूल्य हालसम्मकै उच्च हो ।

यस्तै तेजाबी सुनको प्रतितोला मूल्य एक लाख तीन हजार एक सय ५० रुपैयाँमा कारोकार भइरहेको छ ।

यस्तै असली चाँदीको मूल्य प्रतितोला १३ सय ९५ रुपैयाँ छ ।

बढ्दो मूल्यका कारण बागलुङमा सुन चाँदीको बिक्री अत्यन्तै न्यून रहेको संघले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here