
बागलुङ, २१ साउन ।
बागलुङमा सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज (बुधबार) बागलुङ बजारमा प्रतितोला सुन १ लाख २ हजार चार सय रुपैयााँमा कारोवार भएको छ ।
बागलुङ सुनचाँदी व्यवसायी संघका अनुसार छापावाल सुन प्रतितोला १ लाख २ हजार चार सय रुपैयाँ र तेजावी सुन १ लाख २ हजार ५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
यस्तै असली चाँदीको मुल्य आज प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।
