रिलायन्स लाईफ इन्स्योरेन्सका एजेन्सी म्यानेजरहरु सम्मानित

राम खत्री
बागलुङ, १५ साउन ।
रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीले बागलुङ शाखामा कार्यक्रमको आयोजना गरी आर्थिक वर्ष २०७६/०७७ मा महत्वपूर्ण योगदान पु¥याएको भन्दै नयाँ तथा पुराना २२ जना एजेन्सी म्यानेजरहरुलाई स्म्मान गरेको शाखा प्रमुख मिना जिसी कंडेलले बताउनुभयो ।

कार्यक्रममा कम्पनीका पोखरा रिजन प्रमुख सुदिपराज ढुंगानाले देशभरमा बागलुङ शाखा गोल्ड स्टान्यर्ड पर्फमरको रुपमा छनौट गराउन सफल भएको भन्दै बागलुङ शाखाका प्रमुख मिना जिसी कंडेल र कर्मचारी कोपिला काउचालाई सम्मान गर्नुभएको थियो ।

कम्पनीमा आबद्ध भएका सम्पूर्ण अभिकर्ताहरुलाई बधाई तथा शुभकामना दिँदै २२ जना एजेन्सी म्यानेजरहरुलाई सम्मान गरिएको थियो । साथै सिनियर एजेन्सी म्यानेजरको रुपमा दिपेन्द्र ब. खत्रीलाई सम्मान गरिएको छ ।

सो कार्यक्रममा कम्पनीका पोखरा रिजन प्रमुख ढुङगानाले अभिकर्ताहरुको बिमा व्यवसायमा मात्र नभई समग्रमा देशको अर्थतन्त्रमा नै ठूलो योगदान रहने बताउंदै आगामी दिनमा बिमा व्यवसायलाई थप मर्यादित तथा व्यवस्थित बनाउँदै कम्पनीको व्यवसायमा थप योगदान गर्नका लागि जोड दिए । साथै इन्स्योरेन्समा अभिकर्ताको महत्वपूर्ण भूमिका रहने हुँदा अभिकर्तालाई कम्पनीमा आबद्ध रहिरहन र थप सक्रिय बनाउनका लागि कम्पनीले समयानुकुल अभिकर्ता लक्षित गरी बिभिन्न प्रकारका योजनाहरु ल्याउने गरेको जानकारी दिए ।

कार्यक्रममा कम्पनीका पोखरा रिजन प्रमुख सुदिपराज ढुङगाना, म्याग्दी शाखा प्रमुख मुत्ति पौडेल ,कुश्मा शाखा प्रमुख प्रशन्न शर्मा पौडेल लगायतको उपस्थिती रहेको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here