रेल्वे ठेक्कामा चलखेल, राज्यको १० अर्ब गुम्ने

काठमाडौं, ७ साउन ।
रेल विभागका महानिर्देशक बलराम मिश्र र डेढ दर्जन निर्माण व्यवसायी मिलेर करिब ३५ अर्ब रुपैयाँको रल्वे ट्रयाकबेड बनाउने ठक्कामा चलखेल गरेका छन् ।

रेल विभागले पूर्वपश्चिम रेल्वे लाइन निर्माण गर्ने क्रममा गत असारमा इनरुवा-काँकडभिट्टा (१ सय ५ किमि) खण्डको रेल्वे ट्रयाकबेड निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो ।

महानिर्देशक मिश्र र ‘क’वर्गका केही ठेकेदारबीचको मिलेमतोमा सीमित व्यवसायीले प्रतिस्पर्धा गर्न मिल्ने गरी बोलपत्रमा प्रावधान घुसाएर चलखेल गरिएको हो ।

बोलपत्रमा ठेकेदारको अनुभवमा रेल्वे ट्रयाकबेड निर्माण गरेको हुनुपर्ने सर्त राखिएको छ । यो प्रावधान घुसाएपछि १८ व्यवसायीले मात्र ठेक्कामा प्रतिस्पर्धा गर्न पाउने छन् ।

यसअघि विभागले ट्रयाकबेड बनाउँदा उस्तै प्रकृति (सिमिलर नेचर) को काम गरेका व्यवसायीलाई प्रतिस्पर्धामा सहभागी बनाएको थियो ।

अहिलेको बोलपत्रमा किटानी गरी ट्रयाकबेड निर्माण गरेकै अनुभव मागिएकाले डेढ-दुई सय व्यवसायी प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।
आजको नागरिक दैनिकबाट

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here