
बागलुङ, ५ साउन ।
बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीको एक परिवारले छोराको स्मृतीमा ३१ परिवारलाई राहत सामाग्री वितरण गरेको छ ।
साविक लेखानी–६ भारुवापाटाका खडकबहादुर पुनको परिवारले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामको लागि सरकारले घोषणा गरेको लकडाउनको कारण समस्यामा परेका ३१ परिवारलाई प्रति परिवार एक बोरा चामल, ३ किलो दाल, नुन, तेल र साबुन वितरण गर्नुभएको हो ।
पुन परिवारले स्वर्गिय छोरा किरण पुनको स्मृतीमा खाद्य सामाग्रीसँगै वडाको खाद्य बैंकमा दश हजार रुपैयाँ सहयोग गरेको वडाअध्यक्ष चित्र छन्त्यालले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै वडाअध्यक्ष छन्त्यालले विपद्को समयमा एकले अर्कोलाई सहयोग गर्दै संकटको समाधान गर्न सकिने बताउनुभयो । कार्यक्रममा भिमकुमारी पुनले बोल्नुभएको थियो ।
कार्यक्रम खड्क पुनको अध्यक्ष, तुलसा श्रीसको स्वागत र मनिष पुनको संचालनमा सम्पन्न भएको थियो ।



