
काठमाडौं, ५ साउन ।
संघीय सरकारको सञ्चित कोषको घाटा २ खर्ब १४ अर्ब रुपैयाँमा झरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा आम्दानीको तुलनामा खर्च कम भएपछि सञ्चित कोषको घाटा अघिल्लो वर्षको तुलनामा घटेको हो ।
आर्थिक वर्ष २०७५/०७६ मा यो घाटा २ खर्ब ३१ अर्ब रुपैयाँ थियो । अर्थ मन्त्रालयका अनुसार गत आर्थिक वर्ष सञ्चित कोष १६ अर्ब १९ करोड रुपैयाँ ‘सरप्लस‘मा छ ।
वर्षको अन्तिम दिन सञ्चित कोष सन्तुलित भए पनि अर्थमन्त्री डा. युवराज खतवडाकै जोडबलमा १६ अर्ब रुपैयाँ बराबरको बजेटरी सहयोगबापतको वैदेशिक सहायता परिचालन गर्ने निर्णय भएको अर्थ मन्त्रधालय स्रोत बताउँछन् ।
आजको अन्नपूर्ण पोष्टबाट
