बिनाबोर्डको निर्णयले टेन्डर निकाल्दा ४ वडाध्यक्ष पक्राउ

काठमाडौं, ५ साउन ।
बारामा एक स्थानीय तहले बिनाबोर्डको निर्णयले टेन्डर निकाल्न खोज्दा विवाद सिर्जना भएको छ । बोर्ड बैठकको निर्णयबिना लुकिछिपी टेन्डर निकाल्न खोज्दा विवादमा परी ४ वडाअध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोहल्वी नगरपालिकाले बोर्ड बैठक नै नगरी बजारको ठेक्का, पटके सवारी करलगायत विभिन्न किसिमका ठेक्कापट्टाको आइतबार टेन्डर निकाल्न खोज्दा वडाअध्यक्ष विरोधमा उत्रेका थिए ।

नगरप्रमुख भरत भण्डारीले लुकिछिपी आफ्नो मनोमानी ढंगले टेन्डर निकाल्न खोजेकाे भन्दै नगरपालिकाका ४ जना वडाध्यक्षले विरोध गरेका थिए ।

कार्यालय परिसारमा ठेकदार कम्पनीले भरेका टेन्डर वडाध्यक्षले फाड्दा विवाद उत्पन्न भएको थियो ।

खोल्न लागिएको बोलपत्र च्यातिएपछि ४ जना वडाध्यक्षलाई ईलाका प्रहरी कार्यालय कोहल्वीले नियन्त्रणमा लिएको हाे ।

वडा नम्बर १ का वडाध्यक्ष तथा नेपाली कांग्रेस कोहल्वी नगर सभापति वीरेन्द्रप्रसाद चौधरी, वडा नम्बर ३ का वडाध्यक्ष किसुन दयाल चौधरी, ५ का बासु चौधरी र ९ का योगेद्र चौधरी गरी ४ जनालाई नियन्त्रणमा लिएपछि प्रहरीले सत्यतथ्य नबुझी नगर प्रमुखको इसारामा ज्यादती गरेको भन्दै विरोध भएको छ ।
आजको राजधानी दैनिकबाट

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here