
बागलुङ, २६ असार ।
बागलुङको काठेखोला गाउँपालिकाको आगामि आर्थिक वर्ष २०७७/०७८ को लागि ५० करोड २ लाखको बजेट विनियोजित गरेको छ ।
गाउँपालिकाको सातौ गाउँसभामा शुक्रबार उपाध्यक्ष अर्जुन बहादुर खत्रीले आगामि आ.व. २०७७/०७८ को लागि चालु खर्च तर्फ ३१ करोड ४२ लाख ४ हजार र पुँजीगत खर्च तर्फ १८ करोड ५८ लाख ९६ हजार बजेट विनियोजित गरेका हुन् ।
गाउँपालिकाले सशर्त अनुदानबाट कृषि तथा पशु तर्फ ६९ लाख, उद्योग तथा वित्तिय क्षेत्र तर्फ २ करोड ८ लाख, जलश्रोत तथा सिचाई तर्फ १२ लाख, शिक्षा तर्फ २० करोड ८ लाख, स्वास्थ्य तर्फ ३ करोड ७० लाख ८० हजार, लैंगिक समानता तथा सामाजिक समावेशिकरण तर्फ ३ लाख रुपैयाँ विनियोजित गरेको छ ।
यस्तै युवा तथा खेलकुद तर्फ १ लाख, सामाजिक सुरक्षा तथा संरक्षण तर्फ ८१ लाख, शान्ति तथा सुव्यवस्था तर्फ २५ लाख र झोलुङ्गे पुल तर्फ ३६ लाख रुपैयाँ विनियोजित गरेको गाउँपालिका उपाध्यक्ष खत्रीले जानकारी दिनुभयो ।
गाउँपालिका उपाध्यक्ष खत्रीले सामाजिक विकास तर्फ ९७ लाख ३१ हजार, पूर्वाधार विकास तर्फ २ करोड २ लाख ७४ हजार, वन वातावरण तथा विपद व्यवस्थापन तर्फ २४ लाख ३२ हजार, सुशासन तथा संस्थागत विकास २४ लाख ३२ हजार र आर्थिक विकास ९७ लाख ३१ हजार रुपैयाँ विनियोजित गरेको जानकारी दिनुभयो ।


