नवीन शिशिर
बागलुङ, १० असार
बागलुङ नगरपालिका बागलुङले आगमी आर्थिक वर्ष २०७७/०७८ का लागि ९४ करोड ७७ लाख ८६ हजार ३३७ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । यो बजेट गतवर्षको भन्दा ७ करोड कमी हो ।

 

बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ को मा एक अरर्व एक करोड ५७ लाख ९ हजारको बजेट सार्वजनिक गरेको थियो । गत चैत्रदेखि कोरोना भाइरस संक्रमण रोकथामको लागि लकडाउन घोषण गर्दा आर्थिक क्रियाकलप ठप्प भएका थिए । करिव तीन महिनादेखि आर्थिक गतिविधि चलायमान नहुँदा त्यसको असर स्थानीय तहको बजेटमा समेत परेको छ ।

नगर उपप्रमुख सुरेन्द्र खडकाले बुधबार सार्वजनिक गरेको बजेटमा चालु खर्चमा ६५ करोड ४८ लाख २५ हजार ३३७, पुँजीगत तर्फ २८ करोड ८६ लाख ११ हजार र वित्तिय व्यवस्थापन अन्तर्गत ४५ लाख रुपैयाँ समावेश विनियोजन गरिएको छ । गतवर्ष भन्दा यस वर्ष पुँजीगत खर्च बढेको छ । गतवर्ष चालु खर्चमा ७१ लख ९२ हजार ९१ लख र पुँजीगत तर्फ २३ करोड ३७ लाख ६३ हजार रुपैयाँ विनियोजन गरिएको थियो ।

उपप्रमुख खडकाले कृषिवाली तथा वागवानी विकास कार्यक्रमका लागि एक करोड २७ लाख रुपैया, पशु विकासका कार्यक्रमका लागि ५३ लाख ५० हजार, लघु उद्यम विकास तथा रोजगार प्रवर्धनका लागि ६५ लाख ५० हजार, पर्यटन पुर्वाधार विकासमा ६३ लाख रुपैयाँ विनियोजन गर्नुभएको छ ।

कोभिड प्रभावित रोजगारमुलक कार्यक्रम सञ्चालनका लागि एक करोड ६६ लाख विनियोजना गरिएको छ । नगरपालिकाले आर्थिक विकासको लागि कुल ५ करोड ५ लाखको बजेट व्यवस्थापन गरेको छ ।

शिक्षा विकास तथा व्यवस्थापन तर्पm ३६ करोड ८० लाख ७९ हजार, कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम नियन्त्रण तथा व्यवस्थापन तर्पm एक करोड ३० लाख, जनस्वास्थ्य तर्पm .५ करोड ७६ लाख ५० हजार, मेयर कप फुटबल प्रतियोगीतालाई २० लाख तथा अन्य खेलसम्बन्धी गतिविधिको लागि कुल ३४ लाख ५० हजार विनियोजन गरेको उपप्रमुख खडकाले जानकारी दिए ।

सामाजिक समावेशिकरण तर्पm ३४ लाख ७० हजार, आधुनिक बसपार्क निर्माणका ५ करोड ४५ लाख, बागलुङ बजार क्षेत्र भित्रका चोक सुधारका लागि २०, लाख, नगरस्तरिय योजनाहरुका लागि २ करोड १० लाख , नगर क्षेत्र सडकहरु मर्मत सुधारका लागि २५ लाख, र अन्य विभिन्न पुर्वाधार योजनाहरुका लागि एक करोड विनियोजन गरिएको छ ।

धार्मिक पर्यटकीय स्थान प्रशिद्ध कालभैरव स्थानसम्म यातायातको सहज पहुँचको व्यवस्था गनवडा नम्बर १३ जल्किनिदेखि वडा १२ भैरवस्थान सम्मको सडकका लागि रु ५ करोड ,३८ लाख, वडा नम्बर ९ को वडा भवन निर्माणको लागि ४० लाख तथा अन्य वडा कार्यालय तथा सामुदायिक भवन मर्मत सुधार तर्पm २२ लाख विनियोजन गरेको उपप्रमुख खडकाले बताए ।

तस्विरः अर्जुन कार्की

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here