
म्याग्दी, १६ जेठ ।
संघीय सरकारले म्याग्दीलाई १ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजित गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७–०७८ का लागि म्याग्दी जिल्लाका स्थानिय तहहरुलाई समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान गरेर १ अब ७७ करोड ३९ लाख रुपैयाँ बजेट विनियोजित गर्नुभएको छ ।
म्याग्दीका ६ ओटा स्थानिय तहलाई उक्त बजेट विनियोजित गरेको हो । म्याग्दीमा १ नगरपालिका र ५ गाउँपालिका रहेका छन् ।
संघीय सरकारले म्याग्दीको बेनी नगरपालिकाले ४२ करोड ५८ लाख रपैयाँ बजेट विनियोजित गरेको छ । यस्तै गाउँपालिका मध्ये सबैभन्दा बढी मंगला गाउँपालिकालाई २९ करोड ४१ लख रुपैयाँ बजेट विनियोजित गरिएको छभने सवैभन्दा कम धवलागिरी गाउँपालिकालाई २४ करोड ४२ लाख रुपैयाँ बजेट विनियोजित गरिएको छ ।
कुन पालिकालाई कति ?
नगरपालिकाहरु
१. बेनी नगरपालिका– ४२ करोड ५८ लाख
गाउँपालिकाहरु
१. अन्नपूर्ण गाउँपालिका– २७ करोड ८५ लाख
२. धवलागिरी गाउँपालिका– २४ करोड ४२ लाख
३. मंगला गाउँपालिका– २९ करोड ४१ लाख
४. मालिका गाउँपालिका– २६ करोड २८ लाख
५. रघुगंगा गाउँपालिका– २६ करोड ८५ लाख

