
पर्वत, १६ जेठ ।
संघीय सरकारले आर्थिक वर्ष २०७७–०७८ को लागि पर्वतलाई २ अर्ब ५२ करोड ५९ लाख रुपैयाँ बजेट विनियोजित गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आ.व. २०७७–७८ का लागि पर्वत जिल्लाका ७ ओटा स्थानिय तहहरुलाई सशर्त, विशेष र समपुरक अनुदान गरेर २ अर्ब ५२ करोड ५९ लाख रुपैयाँ विनियोजित गरेका छन् ।
पर्वतमा २ ओटा नगरपालिका र ५ ओटा गाउँपालिका रहेका छन् । नगरपालिका मध्ये सवैभन्दा बढी फलेवास नगरपालिकालाई ५३ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजित गरिएको छभने कुश्मा नगरपालिकालाई ५१ करोड १६ लाख रुपैयाँ बजेट विनियोजित गरिएको छ ।
यस्तै ५ ओटा गाउँपालिका मध्ये सबैभन्दा बढी मोदी गाउँपालिकालाई ३८ करोड ४१ लख रुपैयाँ बजेट विनियोजित गरिएको छ । यस्तै सबैभन्दा कम महाशिला गाउँपालिकालाई २५ करोड १० लाख रुपैयाँ बजेट विनियोजित गरिएको छ ।
कुन पालिकालाई कति ?

नगरपालिकाहरु
१. कुश्मा नगरपालिका– ५१ करोड १६ लाख
२. फलेवास नगरपालिका– ५३ करोड ७५ लाख
गाउँपालिकाहरु
१. जलजला गाउँपालिका– २९ करोड २४ लाख
२. पैयूँ गाउँपालिका– २५ करोड ५२ लाख
३. महाशिला गाउँपालिका– २५ करोड १० लाख
४. मोदी गाउँपालिका– ३८ करोड ४३ लाख
५. विहादी गाउँपालिका– २९ करोड ३९ लाख
