
बागलुङ, १६ जेठ ।
संघीय सरकारले बागलुङलाई ३ अर्ब ५७ करोड ९८ लाख रुपैयाँ बजेट विनियोजित गरेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७–०७८ का लागि बागलुङलाई समानीकरण, सशर्त, विशेष र समपुरक अनुदान गरेर ३ अब ५७ करोड ९८ लाख रुपैयाँ बजेट विनियोजित गरेको हुन् ।
सरकारले जिल्लाका चार नगरपालिका मध्ये सवैभन्दा धेरै बागलुङ नगरपालिकालाई ६६ करोड ८१ लख रुपैयाँ बजेट विनियोजित गरेको छभने ६ गाउँपालिका मध्ये काठेखोला गाउँपालिकालाई ३९ करोड ९८ लाख रुपैयाँ विनियोजित गरेको छ ।
यस्तै नगरपालिकामा सवैभन्दा कम ढोरपाटन नगरपालिकालाई ३० करोड ४७ लाख रुपैयाँ विनियोजित गरेको छ । गाउँपालिका तर्फ सबैभन्दा कम तमानखोला गाउँपालिकालाई १६ करोड ७१ लाख रुपैयाँ बजेट विनियोजित गरेको छ ।

कुन पालिकालाई कति ?
नगरपालिकाहरु
१. बागलुङ नगरपालिका– ६६ करोड ८१ लाख
२. जैमिनी नगरपालिका– ४७ करोड १० लाख
३. गल्कोट नगरपालिका– ४४ करोड ४६ लाख
४. ढोरपाटन नगरपालिका– ३० करोड ४७ लाख
गाउँपालिकाहरु
१. काठेखोला गाउँपालिका– ३९ करोड ९८ लाख
२. तमानखोला गाउँपालिका– १६ करोड ७१ लाख
३. ताराखोला गाउँपालिका– २१ करोड ८८ लाख
४. निसीखोला गाउँपालिका– २६ करोड ६५ लाख
५. बडिगाड गाउँपालिका– ३८ करोड ६ लाख
६. बरेङ गाउँपालिका– २५ करोड ८६ लाख
