गल्कोटका आगलागी प्रभावितलाई सहयोग

बागलुङ, १५ जेठ
आगलागीबाट बाट प्रभावित गलकोट नगरपालिका–७ का जुक्तबहादुर खड्काको परिवारलाई महिला जागरण केन्द्र मल्मले आर्थिक सहयोग गरेको छ ।

प्रभावित परिवारको दैनिकी सहज होस् भनेर रु. पाँच हजार सहयोग उपलब्ध गराइएको केन्द्रकी अध्यक्ष ललिता थापाले बताउनुभयो ।

केन्द्रक सचिव सरस्वती केसी, कोषाध्यक्ष मिरा थापा र सदस्य कमला थापाले संयुक्त रुपमा सो रकम बिहीबार प्रभावित परिवारलाई हस्तान्तरण गर्नुभएको थियो ।

“आगलागीले घरबासै गुमेपछि थोरै भएपनि राहत मिलोस् भनेर सहयोग गरेका हौँ”, केन्द्रकी अध्यक्ष थापाले भन्नुभयो ।

यसअघि मङ्गलबार लायन्स क्लव अफ् धवलागिरि, रेडक्रसलगायतका संघसंस्थाले आर्थिक सहयोग र राहत सामग्री प्रदान गरेका थिए ।

गत आइतबार दिउँसो भएको आगलागीले खड्काको घरमा पूर्ण रुपमा क्षति पुगेको छ । खाद्यन्न, लत्ताकपडा लगायत सबै सामग्री जलेर नष्ट भएको जनाइएको छ । आगलागीबाट झण्डै २० लाख बराबरको क्षति भएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here