
काठमाडौं, १५ जेठ ।
सरकारले नयाँ सहरको विकास गर्नका लागि २ अर्ब रुपैयाँ बजेट छुट्याएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै आधारभूत पूर्वाधार सहितको सुरक्षित र दीगो सहर विकास गरिने घोषणा गरेका हुन् ।
मध्यपहाडी लोकमार्गले जोड्ने उपयुक्त १० ठाउँमा नयाँ सहरको विकास गर्नका लागि २ अर्ब छुट्याइने घोषणा गरे ।
साथै नवलपरासी र रुकुमपूर्व जिल्लामा सदरमुकामको विकास अघि बढाउन पनि यो रकम खर्च हुनेछ ।
यस्तै, उनले काठमाडौं उपत्यकामा ४ वटा व्यवस्थित उपसहर निर्माण गरिने बताए ।
