
काठमाडौं, १५ जेठ ।
आगामी वर्ष दूध तरकारी र मासुमा आत्मनिर्भर हुन कार्यक्रम चलाइने अर्थमन्त्री युवराज खतिवडाले जनाए ।
कृषि क्रान्तितर्फ उन्मुख हुन सरकारले सिँचाइ, मल, बीउ र पुँजीको सुनिश्चितता गर्ने भएको छ ।
ग्रामीण उद्यम कार्यक्रम सञ्चालन हुनेछ । एक स्थानीय तहमा एक उत्पादन पकेट क्षेत्र स्थापना गरिनेछ । यसको लागि ३ अर्ब २२ करोड रुपैयाँ बजेट विनियोजन भएको छ । कर्णाली र गण्डकी प्रदेशमा खाद्य गुणस्तर प्रयोगशाला पनि स्थापना गरिनेछ ।
