काठमाडौं, १५ जेठ ।
आगामी आर्थिक वर्षमा ४० प्रतिशत जनसंख्याको स्वास्थ्य बीमा गरिने भएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्यमा अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य बीमाको लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेका छन् ।
यस्तै ३ वर्षभित्र सबैको स्वास्थ्य विमा गरिने जानकारी गराइएको छ ।
सरकारले स्वास्थ्य बीमा कार्यक्रम अहिलेसम्म ५६ वटा जिल्लामा सञ्चालन गरेको छ । चालु आर्थिक वर्षको बजेटमा सबै नेपालीलाई स्वास्थ्य बीमाको दायरामा ल्याउने घोषणा गरेको थियो । यसका लागि बजेट मार्फत ६ अर्ब रुपैयाँ विनियोजन भएको छ । स्वास्थ्य बीमा बोर्डका अनुसार २८ लाख ३५ हजार नेपालीहरु बीमित भएका छन् । बजेटले सबै जिल्लामा यसको पुहुँच पुर्याउने भनिएता पनि अझै २१ वटा जील्लामा विस्तार हुन बाँकी छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here