ताराखोलाको विपद व्यवस्थापन कोषमा कर्मचारीको सहयोग

बागलुङ, ८ जेठ ।
ताराखोला गाउँपालिको स्थापना गरेको विपद व्यवस्थापन कोषमा कर्मचारीहरुले सहयोग गरेका छन् ।
गाउँपालिकाले कोरोना भाइरस रोकथामको लागि स्वास्थ्य सामाग्री खरिद, क्वारेन्टाइन निर्माण, विपन्न परिवारलाई राहत वितरण गर्नको लागि स्थापना गरिउको कोषमा गाउँपालिकामा कर्मचारीहरुले १ लाख ६ हजार २ सय ३६ रुपैयाँ सहयोग गरेका हुन् ।
गाउँपालिकामा कार्यरत कर्मचारीहरुको तलब कट्टी गरी जम्मा हुन आएको १ लाख ६ सय ८१ रुपैयाँको चेक र ५ हजार ५ सय ५५ रुपैयाँ नगद गाउँपालिका अध्यक्ष प्रकाश घर्तिलाई प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले हस्तान्तरण गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here